पुरुषलाई पनि ब्रेस्ट क्यान्सर !

पुरुषलाई पनि ब्रेस्ट क्यान्सर !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ १९, २०७६

काठमाडौं । ब्रेस्ट क्यान्सर महिलाको आम समस्या हो । तर, भारतमा गरिएको एक अनुसन्धानले पुरुषमा पनि ब्रेस्ट क्यान्सर भएको देखाएको छ । यति मात्रै होइन, ठूलो संख्यामा पुरुषलाई ब्रेस्ट क्यान्सरको सम्भावना देखिएको छ । 

चन्डिगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवम् अनुसन्धान संस्थानको अध्ययनबाट यस्तो खुलेको हो । पुरुषमा ब्रेस्ट क्यान्सर हुनुको मुख्य कारण हर्माेनमा असन्तुलन, मोटोपन, धूमपान तथा मद्यपान सेवन रहेको अध्ययनले देखाएको छ । 

पानीपतका सेक्टर–१८ निवासी एड्भोकेट अमित राठीले चन्डिगढस्थित अनुसन्धान संस्थानमा २०१५ देखि २०१९ सम्म भर्ना भएका क्यान्सर बिरामीको तथ्यांक लिएर यसको अध्ययन गरेका थिए ।

अन्तिम चरणमा हुन्छ पहिचान

प्रेम क्यान्सर हस्पिटलका रेडियसन अन्कोलाजिस्ट डा. अभिनव मुटनेजाका अनुसार महिला तथा पुरुष दुवैमा ब्रेस्टु टिस्यु हुन्छ । महिलामा धेरै प्रकारका हर्माेन भएकाले टिस्यु बढेर पूरै ब्रेस्टको रूप लिन्छ । तर, पुरुषमा ब्रेस्ट बढाउने हर्माेन हुँदैन । 

उनका अनुसार अधिकांश पुरुष छातीमा हुने गाँठको दुखाइलाई नजरअन्दाज गर्छन् । त्यही कारण छातीको क्यान्सर अन्तिम चरणमा मात्रै पहिचान हुन्छ । यो अवस्थामा बिरामीको ज्यान जाने खतरा हुन्छ । 

यो हो कारण 

डा. मुटनेजाका अनुसार अधिकांश पटक रेडियसन टेस्ट, जेनेटिक कारण, मोटोपन, बढ्दो आयु, मद्यपान सेवन तथा हर्माेनमा गडबडीका कारण पुरुषमा छातीको क्यान्सर हुने सम्भावना अधिक हुन्छ । आफूलाई चुस्त–दुरुस्त राखे र मद्यपान सेवन नगरे यसबाट जोगिन सकिन्छ ।

बिरामीको तथ्यांक


चिकित्सकका अनुसार, पुरुषमा ब्रेस्ट फ्याट कम हुने भएका कारण उनीहरूमा ब्रेस्ट क्यान्सर चाँडै फैलिन्छ । यसबारे सुरुदेखि नै चासो नदिए बिरामीको ज्यान पनि जान सक्छ ।

महिलाको तुलनामा पुरुषको ब्रेस्ट क्यान्सरको सुरुवातको चरणमा पहिचान गर्न मुस्किल हुन्छ । किनकि पुरुषमा महिलाको जस्तै कुनै प्रकारको गाँठ हुँदैन । यससँगै गाँठ दुख्दैन । 

यो लक्षण देखिए हुनुस् सावधान 

यी लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्ने अनुसन्धानकर्ताले बताएका छन् । यो समाचार जागरण डट कमबाट लिएका हौं ।