पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न उच्च अदालत दिपायल परमादेश !

पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न उच्च अदालत दिपायल परमादेश !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०८०

डोटी । बिगत एक दशकदेखि निर्माणाधिन शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने सेती नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न उच्च अदालत दिपायलले बिपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ ।

डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले दर्ता गर्नु भएको रिट निवेदनमा जेष्ठ १० गते सुनुवाई गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश देश बहादुर सार्कीको संयुक्त इजलासले सेती नदि पूल सार्बजनिक सरोकारको विषय भएकाले निर्माण कार्य चाँडो सम्पन्न गर्न उक्त आदेश जारी गरेको हो ।

उक्त पुलको निर्माण गर्ने जिम्मेवारी पाएको पप्पु÷राजेन्द्र निर्माण सेवाले बिभिन्न बाहानामा योजना अलपत्र पारेपछि डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय, सडक बिभाग, सडक डिभिजन कार्यालय कुलपाते डोटी, पप्पुरराजेन्द्र जेभि र शिखर नगरपालिका डोटीका नाममा परमादेशको आदेश जारी गरि पाउन गत माघ १६ गते उच्च अदालत दिपायलमा रिट दर्ता गरेका थिए ।

उच्च अदालत दिपायलले शिखर नगरपालिका वडा नं। १० र ११ जोड्ने सेती नदी पक्की पुल सार्बजनिक सरोकारको विषय भएकाले निर्माण कार्य चाँडो सम्पन्न गर्न भनेको छ ।
रिट जारी भएपछि बर्षौंदेखि ठेकेदारहरुले अनेक बहाना बनाएर अलपत्र पारेका विकास निर्माणका योजनाहरुका लागि महत्वपूर्ण नजिर स्थापित भएको छ । यो सुदूरपश्चिमकै पहिलो प्रयास हो । सम्मानित उच्च अदालतको यो आदेशले पुल बन्ने आश पलाएको छ, रिट निबेदक ओझाले बताए ।

सातनाली–मेल्लेक हुँदै बझाङ्ग सडकखण्डलाई केआइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका वडा नं। १० र ११ बान्डुंग्रीसैन स्थित सेती नदीमा उक्त मोटरेबल पुल निर्माण हुन लागेको थियो ।

मूल्य अभिवृद्धि कर ९भ्याट०सहित २६ करोड २० लाख रूपैयाँको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्बाईको उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालयले पप्पु–राजेन्द्र जेभी निर्माण कम्पनीसँग २०७१ असार २९ गते सम्झौता गरेको थियो ।

बि.सं. २०७४ असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि निर्माण कम्पनीले बिभिन्न बहानामा ५ पटक थपेको सम्झौताको म्याद २०८० असार मसान्तमा सकिदै छ । तर हाल सम्म २२ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको बताईएको छ ।

उता पुल निर्माण कम्पनी पप्प/राजेन्द्र जेभिले पुल निर्माणका क्रममा पिल्लरको फाउन्डेशनमा रक भेटिएको , डिएमसी मेसिनले काम नगरेको र ‘बोर पाइलिङ मेसिन बिदेशबाट मगाउदा समय लागेको लगायतका प्राबिधिक समस्याका कारण म्याद थप गर्नु परेको बाहना गर्दै आएको छ ।

उक्त निर्माण कम्पनीका सन्चालक राजेन्द्र निर्माण सेवाका सन्चालक सुुदूरपश्चिमका चर्चित निर्माण व्यवसायी तथा परशुराम नगरपालिकाका पूर्ब नगर प्रमुख एबं नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति भिमबहादुर साउँद हुन ।