चीनमा साइलेंट क्याफे

चीनमा साइलेंट क्याफे

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

तपाईँ नेपालको नाङलो बेकरीका शाखाहरुमा जानु भएको छ भने पक्कै पनि फरक महशुस गर्नुभएको होला ।

तपाईँ टेबलमा बसेपछि नोट बुक र डटपेन लिएर आइपुग्छन वेटर । कान र मुखमा औंलाले छुँदै आफू कान नसुन्ने र बोल्न नसक्ने बहिरो भएको जानकारी दिन्छन् ।

अब तपाईँ या त सांकेतिक भाषा प्रयोग गर्नुस या संकेत गरेर खानेकुरा अर्डर गर्नुस । करीव एक दशक अघि शुरु भएको यो सेवा चीनमा भने पहिलो पटक स्टार बक्सले शुरु गरेको छ । 

काठमाडौं, एजेन्सी । संसारको तेस्रो ठूलो फूड चेन मानिने स्टारबक्सले चीनको ग्वांगझाउमा पहिलो पटक साइलेंट क्याफे खोलेको छ । क्याफेमा कार्यरत ३० जना मध्ये १४ जना बहिरा छन् । कम्पनीले सांकेतिक भाषा प्रयोगमा आम मानिसको रुचि जगाउनका लागि यसो गरेको हो । चीनमा स्टारबक्सको ३८०० शाखा छ । 

क्याफेमा खानेकुरा अर्डर गर्नका लागि बोल्न पाइँदैन । भित्तामा राखिएको सांकेतिक भाषाका माध्यमबाट खानेकुरा अर्डर गर्नुपर्ने हुन्छ । क्याफेका अनुसार सांकेतिक भाषाको जानकारीका लागि पनि यसो गरिएको हो । 

आफूले खानेकुरा अर्डर गर्नका लागि कि त नम्बर कि त सांकेतिक रुपमा अथ्र्याउनु पर्ने हुन्छ । यसका अलावा ग्राहक र कर्मचारीको सहजताका लागि डिजिटल कम्युनिकेशनको पनि व्यवस्था गरिएको छ । 

गुआंगडांग बहिरा एशोसियसनसँग मिलेर कम्पनीले सांकेतिक भाषा प्रशिक्षण शुरु गरेको छ जसले क्याफेमा आउने ग्राहकका लागि भाषाको जानकारी तथा सहज होस । 

कम्पनीले २०१६ मा मलेशिया तथा २०१८ मा यस प्रकारको क्याफेको शुरुवात गरिसकेको छ ।