सङ्खुवासभास्थित भोट खोलाका लामाको प्रधानमन्त्रीलाई युद्ध ननिम्त्याउन खुल्ला पत्र (पत्रसहित)

सङ्खुवासभास्थित भोट खोलाका लामाको प्रधानमन्त्रीलाई युद्ध ननिम्त्याउन खुल्ला पत्र (पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १७, २०८०

संखुवासभाका भोटखोलाका मिक्मा तेम्वा लामाद्वारा  प्रधानमन्त्री लाई खुल्ला पत्र लेखी प्रधानमन्त्रीबाट यस्तो युद्ध निम्त्याउने राष्ट्रघाती सम्झौता आसन्न भारत भ्रमणको क्रममा नगरियोस् भनि जोडदार विन्ती बिसाउनु भएको छ । 

लामाले २०८० जेठ १६ गते मंगलबार एक खुल्ला पत्र लेखि उक्त बिन्ती बिसाउनु भएको हो । लामा पत्रमा विभिन्न तथ्यहरु राख्दै पत्रको अन्तमा लेख्नु भएको छ - 'अतः तपाई अमेरीकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरुद्धमा जनयुद्धको जगबाट स्थापित प्रधानमन्त्रीबाट यस्तो युद्ध निम्त्याउने राष्ट्रघाती सम्झौता आसन्न भारत भ्रमणको क्रममा नगरियोस् भनि जोडदार विन्ती विसाउँदछु ।'

'नेपालको पानी नेपालकै लगानी होस र नेपालकै आम्दानी  होस ताकी भारतलाई दिएपछि भारतकै आम्दानी  हुने छ' भन्दै ' अप्पर  अरुण १०६१ मेघावाट जलविद्युत आयोजना र किमाथांका अरुण ४०० मेगावाटको जलविद्युत आयोजनाको पानीको मुहान ८० प्रतिशत चीन तर्फ पर्छ उसले सुरक्षामा चुनौती हुने कुरालाई मध्यनजर गरी खोला फर्काउने र विद्युत उत्पादन गर्ने ३० की.मी सुरुङ खन्नु पर्ने प्रारम्भीक अध्ययन गरी सकेको कुरा वाहिर ल्याइसक्यो यदी यो मेघा प्रोजेक्ट लागु गरेमा अरुण नदिको पानीको वाहव ३० प्रतिशतमा झारिदिन्छ तसर्थ नेपालले यो विषयमा अत्यन्त चनाखो हुन' सुझाव दिनु भएको छ ।

सीमाक्षेत्रमा सुरक्षा फौज वढाउने किमाथांका नाका सदाको लागी वन्द गर्ने छलफल चलाउने गरेको पाइयो जसले गर्दा चीनसँग जोडिएको नेपालको सीमा नाकाहरु मध्ये सवैभन्दा सहज र भरपर्दो छोटो दुरीको नाका वन्द भइ भोट खोला गाउँपालिका वासीको जीवन अध्यारोमा धकेलिने र सिङ्गो नेपालले छिमेकी मित्र राष्ट्र संग वैमानश्यता वढाउने छ ।

खुल्ला पत्रको पूर्ण पाठ 

सम्माननीय प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू ।
नेपाल सरकार ।
दश औला जोडी बिन्तीपत्र प्रस्तुत गर्न चाहान्छु ।

                                                          विषय : अप्पर अरुण १०६१ मेघावाट जलविद्युत आयोजना वारे ।
 

प्रस्तुत सम्वन्धमा आसन्न प्रधान मन्त्रीको भारत भ्रमणको वेला संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा सम्भाव्यता अध्ययन पुरागरी निर्माणको चरणमा रहेको  अप्पर अरुण १०६१ मेघावाट जलविद्युत आयोजना भारत सरकारलाई नदिन हार्दिक आग्रह गर्दछु । जुन आयोजना नेपाल सरकारको विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने कुरामा अडिक रहि आयोजना अगाडि वढाउन विन्ती गर्दछु ।
दिन नहुने कारणहरु र दिएमा हुने गम्भीर परिणमहरुः
१) नेपालको पानी नेपालकै लगानी होस र नेपालकै आम्दानी  होस ताकी भारतलाई दिएपछि भारतकै आम्दानी  हुने छ। 
२) निर्माणाधिन अरुण तेस्रो ९०० मेगावाट भारतीय कम्पनीले गरेको ज्यादती ठेकेदारहरुलाई रकम नदिने पी.डी.ए.मा भएको सम्झौता अनुसार आयोजना क्षेत्रमा समाजिक उत्तरदायित्व वहन नगर्ने ।
३) आयोजना क्षेत्र १४ कि.मी. नजीक चीनको डेन्दाङ शहर रहेको जहाँका वासीन्दाहरुमा  भारतीयहरु लगानीको नाममा चीन विरोधी गतिविधी गर्छ भनी चीन सरकारले सचेतना गर्ने गरेको  सीमाक्षेत्रमा सुरक्षा फौज वढाउने किमाथांका नाका सदाको लागी वन्द गर्ने छलफल चलाउने गरेको पाइयो जसले गर्दा चीनसँग जोडिएको नेपालको सीमा नाकाहरु मध्ये सवैभन्दा सहज र भरपर्दो छोटो दुरीको नाका वन्द भइ भोट खोला गाउँपालिका वासीको जीवन अध्यारोमा धकेलिने र सिङ्गो नेपालले छिमेकी मित्र राष्ट्र संग वैमानश्यता वढाउने छ ।
४) २०७७ सालमा चीनिया राष्ट्रपति सीजीङपीङको नेपाल भ्रमणको क्रममा नाकाहरूको विकास गरी नेपाल चीन व्यापारलाई विस्तार गर्ने छलफलको सूचीमा किमाथांका नाका सूचीमा नपर्नु सी ले किमाथांका वारे कुरा उठाउँदा मौन बस्नु सोहि साल चीनको तीङगी सेन ( तीङगी जिल्ला सरकार)ले आयोजना गरेको व्यापार मेलामा सीमा नाका जोडिएको २ वटा स्थानिय सरकारलाई २,२ वटा डोजर करोडौं नगद र ५० की.मी. सडक कालो पत्र गर्न निशुल्क सहयोग गर्ने प्रस्ताव वमोजिम ताप्लेजुङ जिल्लाको सी.डी.ओ.,डि.एस.पी र समन्वय प्रमुखको टोलीले उत् सहयोग वुझेको तर संखुवासभा जिल्लाको अधिकारीहरु लाई अरुण तेस्रो निर्माण कम्पनी सतलजले सुरक्षाको कारण भन्दै केन्द्र सरकार लाई दवाव दिई जान रोक लगाइ भोटखोला गाउँपालिकाले उक्त सहयोग गुमाउनु परेको साथै चिनीया अधिकारीहरुले स्थानिय जनप्रतिनिधिहरुलाई सोधपुछ गरेको र सीमावर्ती क्षेत्रमा भारतीय कम्पनी वारे जासुस बढाएको छ ।
५) अप्पर  अरुण १०६१ मेघावाट जलविद्युत आयोजना र किमाथांका अरुण ४०० मेगावाटको जलविद्युत आयोजनाको पानीको मुहान ८० प्रतिशत चीन तर्फ पर्छ उसले सुरक्षामा चुनौती हुने कुरालाई मध्यनजर गरी खोला फर्काउने र विद्युत उत्पादन गर्ने ३० की.मी सुरुङ खन्नु पर्ने प्रारम्भीक अध्ययन गरी सकेको कुरा वाहिर ल्याइसक्यो यदी यो मेघा प्रोजेक्ट लागु गरेमा अरुण नदिको पानीको वाहव ३० प्रतिशतमा झारिदिन्छ तसर्थ नेपालले यो विषयमा अत्यन्त चनाखो हुनुपर्ने छ । 

अतः तपाई अमेरीकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरुद्धमा जनयुद्धको जगबाट स्थापित प्रधानमन्त्रीबाट यस्तो युद्ध निम्त्याउने राष्ट्रघाती सम्झौता आसन्न भारत भ्रमणको क्रममा नगरियोस् भनि जोडदार विन्ती विसाउँदछु ।


                                              मिक्मा तेम्वा लामा   भोटखोला गा.पा.