पोर्चुगलमा पनि मगर समुदायद्वारा भुमे पुजाको आयोजना

पोर्चुगलमा पनि मगर समुदायद्वारा  भुमे पुजाको आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०८०

यूरोप/पोर्चुगलाको लिस्बनमा भुमे पुजा गरिने भएको छ।

 मगर संघ पोर्तुगल र टककसेरा  समाज पोर्तुगलको सयुक्त आयोजनामा भूमे पुजा हुने लागेको हो ।  

'कला संस्कृतिको संरक्षण हाम्रो प्रतिवद्धता सांस्कृतिक मगर संघ उन्नयनको लागि हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ  'भुमे पूजा कार्यक्रम-२०२३'  शीर्षक दिइएको कार्यक्रम  बेला भिस्टा पार्कमा यही जुन १८ गते आईतबार दिउसो १२ बजे देखि सुरु हुने भएकोछ। 

मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनका अनुसार विदेशमा बसेर  पनि आफ्नो संस्कृतिलाई निरन्तरता दिएको बताएका छन्। 'भुमे पुजा हाम्रो कुल देवताको पूजा जस्तै हो, यसको एतिहासिक महत्व छ' उनले भने। 

भुमे पूजाको साथमा भूमे पर्व र मगरहरूको थातथलोको बिषयमा अन्तरक्रियाको कार्यक्रम समेत राखिएको छ। 

कार्यक्रमलाई इमिग्रेसन एसोसिएसन नामक संस्थाले प्रवर्द्धन गरेको छ। कार्यक्रममा लयन बुढा मगर तकसेरा समाज पोर्तुगल र  ओम घर्ति मगरले भूमेपुजा संयोजकको रुपमा महत्वपूर्ण भूमिका खेलेका छन्।