प्रधानमन्त्रीकाे शाेक सन्देशमा अजय देवगनकाे आभारी

प्रधानमन्त्रीकाे शाेक सन्देशमा अजय देवगनकाे आभारी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

काठमाडौं, एजेन्सी । बलिउड फिल्म अभिनेता अजय देवगनले उनका पिता वीरू देवगनको निधनमा  प्रधानमंत्री नरेंद्र मोदी द्वारा व्यक्त गरेको शोक तथा  दुःखको घड़ीमा साथ दिएकोमा आभार व्यक्त गरेका छन् । साथै यस अवसरमा उनले प्रधानमन्त्री मोदीले लेखेको शोक पत्र पनि सोशल मीडियामा शेयर गरेका छन् । 

वीरू देवगनको निधनमा समवेदना प्रकट गर्दै प्रधानमंत्री मोदीले अजय देवगनको आमा वीणा देवगनको नाममा शोक पत्र लेखेका थिए । 

अजय देवगनले भारतीय परम्परा अनुसार पिताको स्मृतिमा आयोजना गरेको चौथीमा  बलीउडका हस्तीहरुले वीरू देवगनप्रति श्रद्धांजलि व्यक्त गरेका थिए । तर यस अवसरमा भारतका प्रधानमंत्री नरेंद्र मोदी भने शपथमा व्यस्त भएका कारण उपस्थित हुन सकेका थिएनन् । जसका कारण उनले वीरू देवगन की पत्नी वीणा देवगनलाई शाेक पत्र लेख्दै वीरुले  हिंदी फिल्म इंडस्ट्रीमा दिएको योगदानको कदर समेत गरेका थिए ।

प्रधानमन्त्री मोदीले देखाएको यस व्यवहारप्रति अजय देवगन, उनकी माता तथा पुरा देवगन परिवार आभारी रहेको सन्देश अजयले सामाजिक संजालमा पोष्ट गरेका थिए ।