भारतलाई नेपालले टाउको नै  काटेर दिए पनि हामीलाई किन दया गर्दैन ?

भारतलाई नेपालले टाउको नै  काटेर दिए पनि हामीलाई किन दया गर्दैन ?

पूर्ण ओली  |  दृष्टिकोण  |  जेठ १९, २०८०

हाम्रा नेताको के सोच छ भने भारतलाई हाम्रा नदी नाला दिएर पनि खुसी बनाउनु पर्छ जसले गर्दा हाम्रो सत्ता टिकिरहन्छ । तर भारतको नियत कुनै दललाई सत्तामा पुर्‍याउनु मात्र छैन । हामीलाई गलाएर भएपनि हामीलाई भारतको शरणमा पार्न  चाहन्छ जसले उसको स्वार्थ पुरा हुन्छ । हाम्रा प्रकृतिका श्रोत साधन सबै दिएपनि भारतको अन्तिम लक्ष भनेको नेपाललाई सिक्किम बनाउनु हो नसके भुटान त बनाउनु नै छ भन्ने भारतीय योजना हाम्रा लेण्डुपहरुले कहिले बुझेनन् ।

राजा महेन्द्रले शीतयुद्ध कालिन समयमा असंलग्न परराष्ट्र नीति अपनाएर भएपनि शक्ति राष्ट्रबाट पुरा फाइदा लिएर देश बिकासमा प्रयोग गरेका  थिए । सबै मित्र राष्ट्रहरूसँग आफु नझुकेर नै राष्ट्रको हितमा धेरै काम गर्न सफल भए । छोटो समयमा देशको कृषि उत्पादन निर्यात गरेर औधोगिक बिकास गर्दै नेपाललाई दक्षिण एसियाली देशमा नमुना बनाइसकेका थिए । अहिले त्यसको अनुसरण गर्न किन सकिदैन ? किनकि भ्रष्ट तथा दलाल नेताहरुले आफ्नो सत्ताको लागि भारतलाई रिझाउन धेरै सर्तहरु स्विकार गरिसकेका छन् । यो क्रम ७ सालदेखि अहिलेसम्म चलिरहेको छ । 

नेपालका काँग्रेस कम्युनिष्ट नेता प्रायजसो सबै भारत मै शिक्षित र दीक्षित भएकाले भारतीय नेताको आज्ञा शिरोपर गर्ने देखिएका छन् । माओवादीले पनि भारतीयको संरक्षकत्वमा तालिम र हतियार प्राप्त गरेको हुन् । अहिले पछिल्लो पटकको  प्रचण्डको भारत भ्रमणको अबसरमा नेपालले धेरै कुरा पाउन सक्ने आश्वासन प्रचण्डले दिए  पनि त्यो सब बेकार थियो ।

 धेरै कुरा नेपाललाई भारतले दिनसक्छ जस्तो गरि बढि आशावादी भए । तर उनले आफ्नो औकात बिर्से । १० बर्षे विद्रोहमा अधिंकाश समयमा भारतको शरणमा रहेर उसको जासुसी संस्था 'र'  को इसारामा काम गरेर कति निर्दोष नेपालीलाई मार्न प्रचण्ड उद्दत भए । त्यहि बेलामा भारतको बिरुद्धमा केही पनि नगर्ने बरु नेपालको राजसंस्था फाल्छौ भनेर लिखतमा  दिएका होइन बाबुराम प्रचण्डले ?  

माओवादीले गरेको जघन्य हत्या अपराधमा अन्तराष्ट्रिय अदालत मा भारतले पुर्‍याउने डर प्रचण्डसँग रहिरहेको छ । त्यसैले उनी जहिले पनि भारत र पश्चिमा सँग नझुकि बार्ता गर्न सक्दैनन्,  अर्थात हिम्मत साथ बार्ता गर्नै सक्दैनन् । त्यसैले प्रचण्ड प्रधानमन्त्री भएर भारत जाँदा पनि उनी शिर खडा गरेर नरेन्द्र मोदीसँग बार्ता गर्न सक्दैनन् र यसपालि पनि सकेनन् । जसरी संयुक्त बक्तव्यमा मोदी आत्मविश्वासका साथ बोलिरहेका थिए प्रचण्ड निरिह भएर आफुले लेखेर लगेका एजेण्डा पढिरहेका थिए । 

यसपालि नेपालले इपिजिको प्रस्तावलाई मात्र अघि बढाउन सकेको भए त्यो ठुला उपलब्धि हुनेथियो । त्यसको उच्चारण पनि सुनिएन । नेपाललाई अत्यावश्यक भएको  नयाँ हवाइ रुट लिन सकेको भए त्यो पनि ठुलो उपलब्धि हुने थियो । जसबाट नेपालमा धेरै जहाज र पर्यटक आउने संभावना थियो । त्यो पनि भारतले दिन चाहेन । नेपाली कृषकका उत्पादन निर्वाधरुपमा सिमानामा साधरण चेक गरेर भारतमा निर्यात गर्न सक्ने ब्यबस्था हुनसकेको भए नेपाली कृषक निकै लाभान्वित हुने थिए ।

सच्चा देशभक्त इमान्दार र दुरदर्शी नेता हुने हो भने भारतसँग बार्ता गर्नुभन्दा पहिला देशको आवश्यकतालाई बिचार गरेर विस्तृतमा गृहकार्य गर्नुपर्छ । भारतले सोध्ने संभावित प्रश्नको जवाफ पहिले नै तयार पार्नु पर्छ  न कि बैठकमा बसेपछि निरुत्तर हुने होइन । यसमा हाम्रा कर्मचारीतन्त्रको पनि ठुलो कमजोरी छ । यदि हाम्रा शर्तहरु भारतले बेवास्ता गर्छ भने हामीले कुनै सन्धी सम्झौता नगरि कुनै पत्रकार सम्मेलन नगरि फर्कदा त्यो नेपालको हितमा हुनेछ ।

नेपालका लागि अत्यन्त  महत्वपूर्ण   तथा भारतका लागि खासै मुश्किल नपर्ने यस्ता बिषयलाई पनि भारतले बेवास्ता गरिदियो । सिमाना सम्बन्धि समस्या यसपालि पनि अघि बढाउन चाहेन भारतले अर्थात सँधै जस्तै थाँती मा राख्यो । कालापानी, लिपुलेक तथा लिम्पियाधुरा जस्ता संवेदनशिल सिमाना समस्या भारतले अगाडि नबढाएर नेपालसँगको हार्दिकता कहिले पनि अगाडि बढाउन चाहेन । लामो समयदेखि रोकेर राखेको पञ्चेश्वर जस्तो नेपालको बिकासमा मद्दत पुर्‍याउने बिषय यसपालि पनि अल्झाएको छ ।

 बिद्युत भारतलाई अत्यधिक चाहिन्छ । त्यसैले नेपालको बिद्युत लिएजस्तो गरेको छ । ट्रान्समिसन लाइन बढाएर भारतमा बिद्युत निकास गर्न सजिलो पर्छ । यसमा नेपाललाई भन्दा भारत बढि लाभान्वित हुनेछ । बिद्युत भनेको कच्चा पदार्थ हो । यसको जति उपयोग गर्न सकियो देशको बिकास त्यति नै हुन्छ । नेपालमा विद्युतबाट खाना पकाएर ग्याँस प्रतिस्थापन गर्न सकिएमा अर्बौको ब्यापार घाटा कम हुनेछ । बिजुलीबाट चल्ने केबल कार , ट्राम , ट्रली, ट्रेन बढिसेबढि चलाउन उपयुक्त हुन्छ ।  पेट्रोल डिजेलको पाइप लाइन अगाडि बढाउँदा नेपाललाई केहि फाइदा होला तर भारतको बजार बढिरहेको हुन्छ । 

यदि सच्चा देशभक्त इमान्दार र दुरदर्शी नेता हुने हो भने भारतसँग बार्ता गर्नुभन्दा पहिला देशको आवश्यकतालाई बिचार गरेर विस्तृतमा गृहकार्य गर्नुपर्छ । भारतले सोध्ने संभावित प्रश्नको जवाफ पहिले नै तयार पार्नु पर्छ  न कि बैठकमा बसेपछि निरुत्तर हुने होइन । यसमा हाम्रा कर्मचारीतन्त्रको पनि ठुलो कमजोरी छ । यदि हाम्रा शर्तहरु भारतले बेवास्ता गर्छ भने हामीले कुनै सन्धी सम्झौता नगरि कुनै पत्रकार सम्मेलन नगरि फर्कदा त्यो नेपालको हितमा हुनेछ । समय लागोस् केहि फरक पर्दैन । हामी त जो नेता गएपनि भारतलाई फकाउने नाममा हाम्रा प्राकृतिक श्रोत साधन बेचेर आउलान् भन्ने डर मात्र हुन्छ । अब त प्राय सबैजसो नदि नाला भारतलाई सुम्पिसकेका छौ । अब यस्तो दिन नआओस् हामीले भारतसँग बिद्युत  र पानी खरिद गर्न नपरोस् । 

अब हामी भारत निर्भर हुनुभन्दा आत्मनिर्भर हुन तर्फ लाग्नुपर्छ । जसरी पञ्चायती ब्यवस्थामा हामी खाद्यान्नमा आत्मनिर्भर भएर खाद्यान्न निर्यात  नै हुने गर्दथ्यो । हाम्रो जुट, धान, चामल, सिगरेट, चिया, कपडा,जडिबुटी आदी निर्यात गर्ने गरेका थियौं । अहिले अर्बौको खाद्यान्न  आयत मात्र गर्न थालेका छौ ।  बजेट भाषणमा  कृषिमा बिशेष जोड दिने भनिएपनि ब्यबहारमा देखिएको छैन । यसपालि धेरै ले चाहेको किसान र देशको आम्दानीमा मद्दत पुर्‍याउने गाँजा खेतीको बिषय यसपालिको बजेट भाषणमा आउनु स्वागत योग्य छ । यसलाई नियन्त्रित रुपमा सरकारले कम्पनि मार्फत बिदेश निकास गर्ने ब्यबस्था गर्न सकेमा यसबाट अर्बौको आम्दानी हुनसक्छ ।

यसबाट महत्वपूर्ण औषधि कपडा, तेल बनाएर बेच्न सकिन्छ जसबाट अत्यधिक किसान लाभान्वित हुनेछन् । सिँचाइमा अभियान चलाएर भएपनि हाम्रा बाँझा खेतबारीमा कृषि उत्पादन गरेर सबै युवाहरुलाई स्वदेशमा रोजगार बनाउने प्रयास गरेमा हामी धेरै भारतमा भर पर्नु पर्दैन । हामी सम्पन्न भएपछि भारतलगायत कुनैपनि देशले हामीलाई हेप्न सक्तैन । दक्षिणको खुला सिमाना नियन्त्रण गर्नैपर्छ । जसको कारण अबैध चोरी पैठारीबाट आज अर्बौको राजस्व गुमिरहेको छ । यसतर्फ सरकार गम्भिर बनोस् । दक्षिणको देश भारतको डरले हामीले उत्तरी छिमेकी चीनसँग राम्रो सहयोग लिन नसक्नु पनि नेपालको दुर्भाग्य हो । आज चीन संसारको पहिलो बिकसित देश बनिसकेको अबस्थामा हामीले त्यस देशसँग असल मित्रता कायम राखेर धेरै फाइदा लिन सक्छौ । 

अझैपनि भ्रष्टाचार गरेर अकुत सम्पति कमाउने को होडबाजी भइरहेकोले सबभन्दा पहिला यी नक्कली भुटानी शरणार्थी काण्डलगायत ठुला भ्रष्टाचार काण्डमा संलग्न भएका सबै बरिष्ठ भ्रष्टहरूलाई निर्ममतापूर्वक कारबाही गरियोस । साथै भारतले नेपालको लुम्बिनी तथा कपिलवस्तुलाई भारतीय नया सदनमा बनाएको नक्सामा  बिशाल भारतको नक्सामा समाबेश गरेको बिषयलाई सरकारले भारत बिरुद्ध घोर आपत्ती जनाउँदै ग्रेटर नेपालको नक्सा प्रकाशित गर्ने हिम्मत गरोस् ।  


बालकुमारी ललितपुर
२०८० जेठ १९