मदन माबोको 'जिन्दगीमा फगत रित्तो' नामक नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

मदन माबोको  'जिन्दगीमा फगत रित्तो' नामक नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ २२, २०८०

काठमाडौँ । गीतकार मदन माबोको  नयाँ गीत 'जिन्दगीमा फगत रित्तो' सार्वजनिक भएको छ ।  मदन माबोको  शब्दमा अहिलेका आधुनिक सङ्गीतमा चर्चाको शिखर चुम्दै गरेका  सङ्गीतकार एकान्त आङदेम्बेले लय भरेका छन् र चर्चित गायिका बीनुसा राई को स्वर मा रेकड भएको गीतको भिडियो सार्वजनिक भएको छ ।

देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकड़िस योगेन मुकारुङ र मिक्सिंङ मास्टरीङ् योगेन मुकारुङ ले गरेका हुन्। गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘एकान्त आङदेम्बे अफिसियल’ मार्फत् सार्वजनिक गरिएको छ ।भिडियो चित्र मिडिया ले तयार पारेको हो । 

पाँचथर थर्पुमा जन्मिनु भएका गीतकार मदन माबोको, पुग अपुग तिन दशक सिङ्गापुर प्रहरीमा संलग्न भई हाल अवकास जीवन बिताई रहनु भएकोछ । प्रहरी संगठन भित्रको  कार्य व्यस्तताका बीच पनी अलि कत छुट्टिएको समयलाई सदुपयोग गर्दै नेपाली गीत सङ्गीतमा तीन दशक देखि निरन्तर लागी रहनु भएको छ । हालसम्म दुई वटा गीति एल्बम एक गीत पुस्तक सङ्ग्रह र ६० को हारा हारीमा फुटकर गीतहरु रेकड गराई  सकेका छन् ।  हाल अवकास जीवन बिताई रहनुभएका  गीतकार मदन माबो अब आउने गीति एल्बम र  गीत संग्रह प्रकाशन को काममा ब्यस्त छन् ।

'जिन्दगीमा फगत रित्तो' नामक नयाँ गीतको भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ