भगिराज इङनामको कृति 'लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' तेस्रो संस्करण प्रकाशित

भगिराज इङनामको कृति  'लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' तेस्रो संस्करण प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २३, २०८०

काठमाडौं ।  मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति ' लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताए । उनले अहिले पनि आफू लिम्बुवानका खोज्न बाँकी कैयौँ दस्तावेजहरूको खोजीमा ब्यस्त भएको बताए । उनले हालः  आफूले पाँच सय जति थप दस्तावेजहरु सङ्कलन गरी तिनीहरूमाथि अध्ययन गरिरहेको पनि जानकारी दिए ।

इङ्नामको यसअघि 'तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा' र 'लिम्बू जातिको इतिहास' प्रकाशित छन् । नेपाल सरकारका अवकास प्राप्त सहसचिव उनी हाल लिम्बुवान अध्ययन केन्द्र नामको अनुसन्धान संस्थासँग सम्वद्ध छन् ।