पेशागत महासङ्घद्वारा नाम, झण्डा, लोगो, छाप, लेटर प्याडको दुरुपयोग प्रति निन्दा र भर्त्सना

पेशागत महासङ्घद्वारा नाम, झण्डा, लोगो, छाप, लेटर प्याडको दुरुपयोग प्रति निन्दा र भर्त्सना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०८०

काठमाडौँ ।  पेशागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोस्रो बैठक २०८० जेठ २६ र २७ गते पेशागत भवन लैनचौरमा महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेकाे महासङ्घले जनाएकाे छ ।  

पेशागत महासङ्घका महासचिव राजन रेग्मी हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार  बैठकले महासचिव राजन रेग्मीद्वारा पेस गरिएको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष ध्रुवप्रसाद पौडेलद्वारा पेस गरिएको आर्थिक प्रतिवेदन तथा उपाध्यक्ष धरणीधर अधिकारीद्वारा पेस गरिएको बिनियमावलीहरु छलफल गरेर पारित गरेको छ ।

बैठकमा हालै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटका बारेमा गम्भीर समिक्षा गर्दै नीति तथा कार्यक्रमले संकट ग्रस्त अर्थतन्त्रको सुधार, भ्रष्टाचार तथा महंगी नियन्त्रण गर्दै उत्पादन मुलक कार्यक्रमका माध्यामबाट गरिवी निवारण गर्दै नीति तथा कार्यक्रम समाजवाद उन्मुख हुनु पर्नेमा नीति  कार्यक्रम र बजेट कर्मकाण्डी मात्र रहेको आम जनता तथा श्रमिकहरुको भावना सम्बोधन गर्ने तर्फ कुनै योजना तथा कार्यक्रम नरहेको समिक्षा गरेको छ ।

यसरी नै सम्माननीय प्रधान मन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका सन्दर्भमा समेत बैठकमा गम्भिर समिक्षा गरेको छ ।  बैठकले  विश्वनाथ प्याकुरेल प्रमुख रहेको ३४ सदस्यीय सल्लाहकार समिति,  १८१ सदस्य रहेको राष्ट्रिय परिषद्, राष्ट्रिय समितिमा रिक्त रहेको पद पूर्ति गरी पूर्णता दिएको छ । बैठकले विभिन्न विभाग, समितिहरुको पूर्णता दिँदै सातै प्रदेश तथा ७७ जिल्ला इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरेको छ ।

यस बैठकबाट महिला र युवा क्षेत्रको कामलाई ब्यबस्थित गर्न ४५ सदस्य रहेको कोनेप महिला राष्ट्रिय समिति तथा कोनेप युवा राष्ट्रिय समिति गठन गरेको छ । बिदेशमा रहेका श्रमिकहरूका समस्या समाधानका लागि १५ सदस्य रहेको कोनेप प्रवास राष्ट्रिय सम्पर्क समिति गठन गरेको छ भने बिदेशमा कार्यरत श्रमिकहरुको कोनेप प्रवास समिति निर्माण गर्ने समेत निर्णय गरेको विज्ञप्ति उल्लेख छ । 

बैठकले  पारित  समसामयिक १६ बुँदे  प्रस्तावहरु 
१.   भारत सरकारले आफ्नो नयाँ संसद भवन अगाडी नेपालको विराटनगर, लुम्बिनी, कपिलबस्तु सहित नेपालका बिभिन्न भु–भाग समावेश गरेर भारतले नक्सा बनाई राखेकोमा गम्भीर आपत्ति प्रकट गर्दछ र यस बारेमा भारत सरकारलाई कुटनीतिक नोट पठाई गम्भीर रुपमा ध्यानाकर्षण गराउन नेपाल सरकार समक्ष माग गर्दछ ।
२.   विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधन सम्बन्धि सन्धि संझौता नेपालको हित अनुरुप लागु गर्न गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
३.  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार र राष्ट्रद्रोह गर्ने अपराधीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछ । साथै विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारवाही गर्न साथै बहुदलीय व्यवस्थाको पुनस्र्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत सम्पती कमाउने व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानविन आयोग गठन गर्न माग गर्दछ । 
४. पेशागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटरप्याडको दुरुपयोग गर्ने अराजक समुहका गतिविधिहरूको निन्दा र भत्र्सना गर्दछ । यस्ता अराजक समूहलाई कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । 
५.   आम श्रमिकहरूका माग सम्बोधन गर्न उच्च स्तरिय श्रम आयोग गठन गर्न सरकार समक्ष जोडदार माग गर्दछ ।
६. मुलुकको संकटग्रस्त आर्थिक अवस्थाका बीचमा संघीय राज्य प्रणालीको अवधारणा विपरित कानुन तथा नीति निर्माण गर्ने र सरकारका कामको अनुगमन गर्ने सांसदहरुलाई सांसद विकास कोषका नाममा ५/५ करोड रकम विकाश निर्माणमा खर्च गर्न पाउने गरी सरकारले वजेट बक्तव्यमा उल्लेख गरेको तथा खर्च कटौतीका नाममा विभिन्न सरकारी निकायहरु खारेज गर्ने निर्णय गरी त्यहाँ कार्यरत कर्मचारीहरुको रोजगारी असुरक्षित गर्ने कार्य गरेकोमा विरोध गर्दछ । जथाभावी रुपमा कर्मचारी कटौति गर्ने कार्य नगर्न र कर्मचारीहरुले पाइरहेका कुनै पनि सेवा सुबिधा कटौति नगर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । 
७. अतिरिक्त हुलाकमा कार्यरत कर्मचारी तथा सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीहरुले सञ्चालन गरेको आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गर्दछ । उनिहरुको जायज मागलाई यथासिघ्र वार्ताद्वारा समाधान गर्न सरकार संग माग गर्दछ ।
८.  संघीयता लागु भएको सात वर्ष व्यतित हुँदा समेत प्रशासनिक व्यवस्थापन गर्ने संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन लगाएतका ऐनहरु जारी नहुदा सेवा प्रवाह तथा वृत बिकासमा नकारात्मक प्रभाव परिरहेकाले यथासिघ्र उक्त ऐनहरु जारी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
९.    जनतालाई आधारभूत सेवा उपलव्ध गराउने सार्वजनिक संस्थानहरुको सुधार गरेर ७५३ वटै पालिका सम्म सेवा विस्तार गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । 
१०. श्रमिक पेशाकर्मी हरुको ट्रेड युनियन अधिकार संकुचन गर्ने गरी सरकारले विभिन्न ऐन, कानुन लागु गर्न खोजेको तथा राष्ट्रिय वाणिज्य बैकको कर्मचारी विनियमावली संसोधन गरी आठौँ तहका कर्मचारीहरुलाई ट्रेड युनियनको सदस्यता लिनबाट बञ्चित गरेको निर्णय प्रति जोडदार विरोध र भत्सर्ना गर्दछ । तसर्थ CTEVT अभिसन्धि तथा २०६३ बैशाख २८ को पुनःस्थापित प्रतिनिधिसभाबाट पारित प्रस्ताव अनुरुप ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकार तथा सम्वन्धित व्यवस्थापनको ध्यानाकर्षण गर्दछ । 
११.    सरकारी निकाय तथा विद्यालय, क्याम्पस, स्वास्थ्य सेवा तथा सार्वजनिक संस्थाहरुमा अस्थायी, करार, आउटसोर्सिङ्मा काम गर्ने कर्मचारीहरुलाई सामाजिक सुरक्षाको सुविधा प्रदान गर्न र आवश्यक स्थानमा दरवन्दी निर्धारण गरी स्थायी तवरले नियुक्ति गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । 
१२‍‍. विश्वव्यापी आर्थिक मन्दीको प्रभाव तथा सरकारको उचित अनुगमनको अभाव लगाएतका कारण सहकारी क्षेत्रमा देखिएको समस्याले बचत कर्ताको निक्षेप रकम जोखिममा परेको र बचत कर्ताहरु आन्दोलनमा रहेका छन् । बचत कर्ताको जायज आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै सहकारीका समस्याको समयमा नै उचित निराकरण गर्न र सहकारीमा कार्यरत सबै पेशाकर्मीहरुको पेसागत हक साथै पेसागत सुरक्षाको ग्यारेन्टी गर्न सरकार संग जोडदार माग गर्दछ ।
१३.    उच्चस्तरीय तलब सुबिधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुबिधा लागु गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
१४.    विभिन्न स्थानमा आफ्नो जिम्मेवारी पुरा गरिरहेका पेशाकर्मीहरुलाई जनप्रतिनिधि तथा निजका परिवारका सदस्यहरु तथा सेवा ग्राहिहरुबाट अभद्र व्यवहार, कुटपिट गर्ने लगायतका घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै उक्त घटना घटाउनेहरूलाई कडा भन्दा कडा  कारवाही गर्न तथा आम कर्मचारीको कार्यस्थलको सुरक्षाको ग्यारेण्टी गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१५.    सरकारी कामको शिलशिलामा खोटाङ्ग जाँदा २०८० जेठ १९ गते सिन्धुली जिल्लाको गोलान्जोर गाँउपालिकाको लौकुन स्थित सुनकोशी नदीमा जिप दुर्घटनामा परी ऋत्भ्ख्त् मा कार्यरत कर्मचारीहरु कृष्ण बहादुर के.सी, यम प्रसाद भुर्तेल र भानु पौडेलको निधन प्रति दुःख व्यक्त गर्दे भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । 
१६.    पेशागत महासङ्घ नेपाल राष्ट्रिय समिति सदस्य श्री तारा तामाङका छोरा अनुप कुमार तामाङको २०८० जेठ १९ गते भएको दुःखद निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।