मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३२, २०८०

काठमाडौँ । नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा‍. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महेन्द्र राय यादवले जानकारी दिनुभयो । 

डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतमा सचिव हुनुहुन्थ्यो । 

बैठकले मुख्यसचिव शङ्करदास बैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।