प्रभु बैंक र नाथन एसोसिएट्स लन्डन बिच सामाजिक, पर्यावरण तथा सुशासनमा सहकार्य गर्ने सम्झौता

प्रभु बैंक र नाथन एसोसिएट्स लन्डन बिच सामाजिक, पर्यावरण तथा सुशासनमा सहकार्य गर्ने सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १, २०८०

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नाथन एसोसिएट्स लन्डनसँग समाजिक, पर्यावरण तथा सुशासनको तयारीमा लगानी (इएसजी) का लागि  सहकार्य गर्ने सम्झौता भएको बैंकले जनाएकाे छ । 

प्रभु बैंकले दिएकाे जानकारी अनुसार   प्रभु बैंक र इनभेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बीच २०८० जेठ ३१ गते बुधबार सम्झौता भएको हाे । 

इनभेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन)   ब्रिटिश अन्तराष्ट्रिय लगानी (बीआइआइ), डच उद्यमशीलता विकास बैंक (एफएमओ) र विकास र सहयोगको लागि स्विस एजेन्सी (एसडीसी ) नाथन एसोसिएट्स लन्डन लिमिटेडद्वारा संयुक्त रुपमा स्थापना भएको संस्था हाे । 

नाथन एसोसिएट्स लन्डन लिमिटेडका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आइआइएनका तर्फबाट  नाथन एसोसिएट्स लन्डनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

यस सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर समाजिक, पर्यावरण तथा सुशासनका तयारीमा लगानी (इएसजी)को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले गरेकाे जनाएको छ ।