सीमा प्रशासन तीन वर्षपछि कर्मचारी पुगे, सेवाग्राही कोही आएनन्

सीमा प्रशासन तीन वर्षपछि कर्मचारी पुगे, सेवाग्राही कोही आएनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

पाँचथर । सीमा प्रशासन कार्यालय च्याङथापुमा तीन वर्षदेखि कर्मचारी विहीन सीमा प्रशासन कार्यालयमा सेवा सञ्चालन सुरु भएको छ । 

विगत तीन वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको कार्यालयले शाखा अधिकृत विनोदकुमार चौहानले सेवा बिहीबार कार्यालयमा हाजिर भई सेवा सञ्चालन गर्नुभएको हो । यसअघि कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासले कार्यालय खोल्ने, झन्डा फहराउने र चिठी पत्र बुझ्ने काम गर्दै आउनुभएको थियो ।

 प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार कर्मचारी अभावले सेवा प्रवाह ठप्प रहेको कार्यालयमा कार्यालय प्रमुखको रूपमा अधिकृत चौहानलाई पठाइएको हो । वस्तीले भन्नुभयो, –‘आइतबारदेखि सीमा प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, आदिवासी जनजाति प्रमाणित, नाबालक परिचयपत्र, बजार अनुगमन, दुु्ररुतमार्गबाट राहदानीको सिफारिसलगायतका सेवा पाउने छन्न’ साथै, सीमाको अनुगमन र सीमा नाका पास दिने लगायतका सेवा प्रवाह हने वस्तीले बताउनुभयो । उहाँले थप्नुभयो, –कर्मचारी नै नभएकाले सीमा प्रशासनबाट नागरिकलाई सेवा दिन सकेका थिएनौँ । सेवा प्रवाह सुरु भएको छ । लामो मेहनतपछि कर्मचारी पठाउन सफल भइयो अब नागरिकले दुख पाउँदैनन् ।’ सीमा प्रशासन कार्यालयमा अधिकृतसँगै नायव सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहने छ । तर तीन वर्षदेखि कार्यालय सहयोगी खवास मात्रै कार्यालयमा थिए । कार्यालय प्रमुख कोही साता दिन बसेनन्, कोही हाजिर नभई काज मिलाएर अन्त जाने गरेका थिए ।

 सीमा प्रशासनलाई एक नम्बर पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने अधिकार समेत छ । सीमा क्षेत्रमा हुँदै आएको जडीबुटीदेखि वन्यजन्तु चोरी तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनलाई नै दिने अधिकार प्रत्यायोजन गरिएको छ । यही नाका भएर पाँचथर, ताप्लेजुङ र तेह्रथुमको पूर्वीत्तर क्षेत्रका स्थानीयहरू सिक्किम आवतजावत गर्छन्  । 

सेवाग्राही आएनन् बिहीबार कार्यालयमा हाजिर हुनुभएका विनोदकुमार चौहानका अनुसार कार्यालय लामो समय सेवा प्रवाह नभएकाले सेवाग्राही नआएको बताउनुभयो । उहाँले भन्नुभयो, –धेरै समय बन्ध भएकाले होला सेवा लिन आउनुभएको छैन । सीमा पासका लागि एक÷दुई जना बाहेक अन्य अरू सेवाको लागि कोही पनि आउनुभएको छैन ।’ उहाँले थप्नुभयो,– ‘यहाँका स्थानीय, राजनीतिक दल, अन्य स्थानीयलाई कार्यालयमा सेवा सञ्चालन बारेमा जानकारी दिँदै आएका छौँ, सायद क्रमशः आउनु हुन्छ होला ।’ 

सीमा प्रशासनमा कर्मचारी केही समय पनि नरहने विगतका परिपाटीलाई जस्तो नहुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,– यहाँ ओयाम, च्याङथापु र फलैँचाका सेवाग्राही आउने रहेछन् । तर, सेवाग्राहीने कम आएको खण्डमा देशमा कर्मचारीको जनशक्ति कम भएको बेलामा यहाँ जनशक्ति त्यसै फाल्नु हुँदैन । कसैलाई तोकेर समय मिलाएर जिल्लाबाटै यहाँ सेवा दिन आउँदा पनि फरक पर्दैन ।’ सेवाग्राही आए र काम गर्न पाइयो भने आफू सीमा प्रशासन कार्यालयमा नै सन्तुष्ट रहेको उहाँको भनाइ छ ।