प्रभु बैंकले प्यारामाउण्ट मोटर्स बिच एम्जी इलेक्ट्रिक भेहिकल खरिदमा सर्वसुलभ कर्जा दिने सम्झौता

प्रभु बैंकले प्यारामाउण्ट मोटर्स बिच एम्जी इलेक्ट्रिक भेहिकल खरिदमा सर्वसुलभ कर्जा दिने सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १, २०८०

काठमाडौँ । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक श्री सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

बैंकका अनुसार  प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा.लि.द्वारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरूले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।