धरानको डेङ्गुको महामारी नियन्त्रण बाहिर  !

धरानको डेङ्गुको महामारी नियन्त्रण बाहिर  !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २०, २०७६

सुनसरी । सुनसरीको धरानमा डेङ्गुका बिमारीको संख्या एक्कासी बढेर ७५ पुगेको छ भने डेङ्गु महामारीको रुपमा फैलन सक्ने अनुमान गरिएको छ ।  

डेङ्गुका बिमारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा १३ जना उपचार भइरहेको छ ।  धरान उपमहानगरपालिका र बिपी प्रतिष्ठानले बनाएको संयुक्त ¥यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर घरको अवस्था निरीक्षण गर्दा डेङ्गु सङ्क्रमित लामखेट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको छ ।

 धरानमा डेङ्गु नियन्त्रणबाहिर जाँदै गएको चिकित्सकहरुले ठहर गरेका छन् । निरीक्षणबाट डेङ्गुको बिमारीको संख्या नियन्त्रण बाहिर पुगिसेको छ ।  रेस्पोन्स टिमले वडा नं ५, १४, १ र १५ मा केहीका घरमा पुगेर हेर्दा जमेको पानी, जम्मा गरेर राखेको पानी र ट्याङकीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौँको संख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले जानकारी दिनुुभएको छ । 
रेस्पोन्स टिमले घरघरमा पुगेर जमेको पानी, प्रयोगका लागि जम्मा गरेर राखेको पानीमा डेङ्गुको बासस्थान हुने जानकारी गराउँदै अण्डा र लार्भा नष्ट गर्ने तरिका समेत  सिकाउँदै आएको छ । 

दिनदिनै बिमारीको चाप बढेपछि अस्पतालमा  श्यैया अभाव हुन गालेको छ । हाल प्रतिष्ठानमा मेडिसिन वार्डमा बिरामी राखेर उपचार भइरहेको र उनीहरुको उपचारका लागि छुट्टै वार्ड आवश्यक हुने गर्छ । सोही अनुसार अलल्गै बेर्डहरु बनाउने तयारी भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशङ्कर साहले जानकारी दिनुभयो । डेङ्गुको महामारी अत्यधिक बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँलाई थप अनुसन्धान तथा नियन्त्रणका लागि आज पत्राचार समेत गरिसकिएको अस्पताल निर्देशक साहले  जानकारी दिनुभायो ।