युवराज मैनालीको कृति 'दृष्टि: दृष्टिकोण' एक समारोह बिच लोकार्पण

युवराज मैनालीको कृति 'दृष्टि: दृष्टिकोण' एक समारोह बिच लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ३, २०८०

काठमाडौं ।समालोचक युवराज मैनालीको नवीनतम् कृति 'दृष्टि: दृष्टिकोण'  समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला,  प्रा. दिनेशराज पन्त, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा. डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा. डा. लेखप्रसाद निरौला, पूर्व सचिव श्यामप्रसाद मैनाली, साहित्यकार राधेश्याम लेकालीले  एक समाराेह बिच लोकार्पण गर्नु भएको छ । 

मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हरिभक्त सिग्देलले गर्नु भएको थियो । 

कार्यक्रममा समालोचक प्रा‍.डा. लेख प्रसाद निरौलाले लोकार्पित कृतिमाथि आफ्नो विशेष मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु रामप्रसाद पन्त, प्रह्लाद पोखरेल, शम्भुप्रसाद मैनाली, दिनेशराज पन्त, कुलप्रसाद कोइराला, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल आआफ्नो शुभकामना मन्तव्य दिनुभएको थियो भने स्वागत मन्तव्य डा. अर्जुनदेव भट्टले र धन्यवाद ज्ञापन विष्णुप्रसाद पन्तले गर्नु भएको थियो ।

कार्यक्रमको संचालन साहित्यकार श्रीबाबु कार्कीले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थितिमा रहेको थियो ।