रुसी राष्ट्रपति पुटिनद्वारा बेलारुसमा परमाणु अस्त्र पुर्‍याएको जानकारी दिएर संसारलाई धम्की !

रुसी राष्ट्रपति पुटिनद्वारा बेलारुसमा परमाणु अस्त्र पुर्‍याएको जानकारी दिएर संसारलाई धम्की !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३, २०८०

रुसले सन् १९९० को दशकपछि पहिलो पटक आफ्नो भूमि बाहिर परमाणु हतियार विस्तार गरेका छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा सामरिक परमाणु अस्त्रको पहिलो खेप पुर्‍याएको जानकारी दिएसँगै  अन्तराष्ट्रिय क्षेत्रमा सनसनी फैलिएको छ । 

 एक कार्यक्रममा बोल्दै उनले रुसी भूभाग वा राज्यमाथि खतरा भएमा मात्र त्यस्ता अस्त्रको प्रयोग गरिने पनि बताएका छन् । युक्रेनले आफ्नो भूमिबाट रुसी सेनालाई लखेट्न निर्णायक भन्दै युद्ध सुरु गरेको केही दिनमा नै रुसी परमाणु हतियार बेलारुससम्म पुगेको खबर बाहिर ल्याएका हुन । 

युक्रेनले रुसी आक्रमणको १५ महिनापछि प्रत्याक्रमण सुरु गरेको हो । अमेरिकी सरकारले युक्रेनमा आक्रमण गर्न क्रेमलिनले परमाणु अस्त्र प्रयोग गर्ने योजना बनाएको भने कुनै संकेत नभएको जनाएको छ । युक्रेनले रुस विरुद्ध निर्णायक भन्दै सुरु गरेको प्रत्याक्रमणका क्रममा दुवै तर्फबाट घातक हतियारहरु प्रयोग भइरहेका छन् । अमेरिका र युरोपेली राष्ट्रले दिएका हतियारको सहयोगमा केही गाउँबाट युक्रेनी सेनाले रुसी सेनालाई पछि हटाएको छ भने रुसले युद्धमा घातक हतियार प्रयोग गर्दै युक्रेनी सेनालाई अघि बढ्न दिएको छैन ।

गत साता मात्रै रुसले दक्षिणी डोनेस्कमा अमेरिकाको ब्राडले र जर्मनीको लियोपार्ड नामक शक्तिशाली ट्यांकहरुलाई ध्वस्त बनाइदिएपछि दुवैतर्फबाट घातक हतियार प्रयोग भइरहेको पुष्टि भएको हो । रुसले एकै हमलामा १२ देखि १४ वटा नाटोका ट्यांकलाई ध्वस्त पारेको छ । अमेरिका र जर्मनीका यी ट्यांक ध्वस्त पार्नेलाई रुसले सर्वोच्च सैनिक सम्मान दिएको छ ।

‘हामी यहाँ युक्रेनका जनताले के भोगेका छन् भनेर सुन्न र हेर्न आएका हौं ।’ तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग कूटनीतिक पहल गर्नुको सट्टा अन्तर्राष्ट्रिय समुदायले उसको आक्रमणको निन्दा गरेको सन्देश दिन कूटनीतिक प्रतिबन्ध लगाउनुपर्ने बताए । रुसले युक्रेनी भूभाग आफ्नो कब्जामा लिइरहँदा किभले मस्कोसँग वार्ता नगर्ने उनको अडान थियो ।

युद्धमा युक्रेनले रुसमाथि श्रेष्ठता कायम गर्न थालेको दाबी भइरहँदा युक्रेनले युद्धमा अमेरिकाले दिएका धेरैजसो ब्राडले बाहनको ठूलो संख्या गुमाउन पुगेको हो । अमेरिकाले युक्रेनलाई जनवरीमा नै १०९ ब्राडले बख्तरबन्द बाहनसहित अन्य बख्तरबन्द दिने घोषणा गरेको थियो । अमेरिकाले ३२५ मिलियन डलरका थप ब्राडले बाहन, ठूलो संख्यामा स्ट्राइकर बाहन, जमिनबाट हावामा हान्नसक्ने हतियारका साथै हाई मोबिलिटी आर्टिनरी रकेट सिस्टम पनि युक्रेनलाई दिने तयारी गरेको छ ।

यसले रुस बिरुद्धको लडाई जित्न युक्रेनलाई शक्ति दिने अमेरिकाको दाबी छ । युद्धमा प्रतिकुलता भएमा रुसले जुनसुकै बेला आफ्ना रणनीतिक हतियार प्रयोग गर्नसक्छ भने समुद्री क्षेत्रमा रहेको शक्तिलाई प्रयोग गर्नसक्ने खतरा रहन्छ । यहिबीचमा रुसी परमाणु हतियार बेलारुस पुग्नु सामान्य विषय होइन । तर अमेरिका भने अझै पनि रुसले परमाणु हतियार प्रयोगको संकेत नभएको दाबी गरिरहेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकन भन्छन्–‘हामीले रुसले परमाणु अस्त्र प्रयोग गर्ने तयारी गरिरहेको कुनै संकेत फेला पारेका छैनौं ।’ 

रुसले गत वर्ष २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गर्दा बेलारुस रुसको एउटा प्रमुख सहयोगी राष्ट्रका रुपमा बाहिर देखा परेको थियो । उसले पुटिनलाई युक्रेनमा पूर्ण मात्राको आक्रमण गर्न आश्रय स्थलका रूपमा सहयोग गरेको थियो । पुटिनले सामरिक परमाणु युद्ध शीर्षहरूको स्थानान्तरण यो गर्मीयामको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।
सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरममा आफ्नो मन्तव्यपछि प्रश्नहरूको जवाफ दिँदै उनले उक्त कदम नियन्त्रणका लागि भएको र आफूलाई रणनीतिक रूपमा पराजित गर्नेबारे सोच्नेका लागि स्मरण गराउन गरिएको बताएका छन् । यसबाट पुटिन युक्रेन युद्धमा ठूलो रणनीतिमा अझै कायम छन् भन्ने देखाउँछ । 

ती अस्त्रहरू प्रयोग गर्ने सम्भावनाबारे पुटिनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु नि ! रुसी राज्यका लागि खतरा भएको अवस्थामा ती उपायहरू प्रयोग गर्न सम्भव छ ।’ रणनीतिक परमाणु अस्त्रहरू साना परमाणु युद्धशीर्ष र वितरण प्रणालीहरू हुन् । जुन युद्धको मैदानमा वा ससाना हमलामा प्रयोग गरिन्छन् ।

त्यस्ता अस्त्रहरू व्यापक रेडियोधर्मी प्रभाव विनै एक विशिष्ट क्षेत्रमा दुस्मनका केन्द्रहरू नष्ट गर्ने गरी निर्माण गरिएका हुन्छन् । सबैभन्दा सानो रणनीतिक परमाणु अस्त्र एक किलोटन वा त्यो भन्दा कम हुनसक्छ । सबैभन्दा ठूलो त्यस्तो अस्त्र १ सय किलोटन जति ठूलो हुनसक्छ । तुलनात्मक रूपमा हेर्दा अमेरिकाले सन् १९४५ मा हिरोसिमामा खसालेको परमाणु बम १५ किलोटनको थियो । पुटिनले सेन्ट पिटर्स बर्गमा अफ्रिकी नेताहरूसँग भेट गर्दैछन् । उनीहरुले दुवै देशलाई प्रस्ताव गरेको शान्तिको पहलबारे छलफल गर्न लागेका हुन् । अफ्रिकी नेताहरूले शुक्रवार किभको भ्रमण गरेका थिए । सोही समयमा रुसी क्षेप्यास्त्र भएको थियो । 

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले दुवै पक्षलाई तनाव कम गर्न र शान्तिका लागि वार्ता गर्न आह्वान गरेका छन् । उनले भने, ‘हामी यहाँ युक्रेनका जनताले के भोगेका छन् भनेर सुन्न र हेर्न आएका हौं ।’ तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग कूटनीतिक पहल गर्नुको सट्टा अन्तर्राष्ट्रिय समुदायले उसको आक्रमणको निन्दा गरेको सन्देश दिन कूटनीतिक प्रतिबन्ध लगाउनुपर्ने बताए । रुसले युक्रेनी भूभाग आफ्नो कब्जामा लिइरहँदा किभले मस्कोसँग वार्ता नगर्ने उनको अडान थियो ।

पुटिनले पनि आफ्नो दाबी दोहोर्‍याउँदै युक्रेनले चलाइरहेको प्रत्याक्रमणमा सफलता पाउने कुनै सम्भावना नभएको बताएका छन् । युक्रेनी सेनासँग सैन्य उपकरणहरू सकिँदै गएका र उसले अब चाँडै पश्चिमले दिएका उपकरणहरू मात्र प्रयोग गर्ने उनले बताए । यसको अर्थ अब रुसी हतियारको टक्कर पश्चिमा हतियारसँग हुनेछ । यस्तो अवस्थामा रुसले बेलारुसतर्फ पठाएका रणनीतिक हतियारहरु प्रयोग हुने खतरालाई नकार्न सकिदैन । तर त्यसका लागि पश्चिमा हतियारले रुसी हमलालाई कति उकास्छन् र पश्चिमा शक्तिको प्रतिक्रिया कस्तो हुन्छ भन्नेमा पनि निर्भर हुनेछ ।