पौवादुङमा पर्यटक आकर्षण गर्न च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माण गरिदै

पौवादुङमा पर्यटक आकर्षण गर्न च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माण गरिदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २०, २०७६

 भोजपुर । मोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले च्याङ्ग्रे ‘भ्यू’ टावरसहित तीन पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटन प्रर्वद्धनका कार्य अगाडि बढाइएको छ ।
 गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले  पौवादुङमा गाउँपालिकाले सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडाको पनि डिपिआर तयार पारी रहेको छ । 

पौवादुङमा गाउँपालिका भित्रका तीन स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हालै डिपीआरको काम सकिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभएको छ ।  च्याङ्ग्रे डाँडा ‘भ्यू’ टावर निर्माणका लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणका लागि रु दुई करोड सात लाख र अरुणमा भवन निर्र्माण तथा अन्य संरचना निर्माणका लागि थप चार करोड ५० लाखको लागत सहित डिपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार ‘गाउँपालिकाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि काम बढाएको छ, जसका लागि तीन वटा ठाउँको डिपिआर सम्पन्न गरिसकेका छौ ।’ राईका अनुसार डिपिआर भएका सबै संरचनाको निर्माण कार्य तीन वर्षमा सक्ने लक्ष्य समेत राखिएकोे छ । अरुण डाँडा समुद्री सतहबाट करीब २२ मिटरको उचाइमा अवस्थित रहेको छ । गाउँपालिकाले तीन वटै संरचनाको डिपिआर गर्नका लागि रु २० हजारका दरले रु ६० लाख बजेट विनियोजन गरेको जनाएको छ । 

गाउँपालिकाले अन्तर्राष्ट्रियस्तरको रङ्गशालासमेत निर्माण गरिहेको छ । जसका लागि रु एक करोड ३५ लाख लागतमा काम भइरहेको र त्यसको पनि डिपिआर तयार भइरहेको गाउँपालिको भनाइ रहेको कुरा राससको समाचारमा उल्लेख छ