कार्यकारी अध्यक्ष अधिकारी जहाज खरिदमा आफन्त मार्फत मन्त्री पोस्दै, निगम डुबाउँदै

कार्यकारी अध्यक्ष अधिकारी जहाज खरिदमा आफन्त मार्फत मन्त्री पोस्दै, निगम डुबाउँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ६, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निगममा रजाइँको  सिमा नाघ्न थालेको छ ।

यसरी रजाइँको  सिमा नाघ्नमा अनियमितताको आरोपमा मन्त्रिपरिषद्बाट बर्खास्त गरे पिन सर्वोच्च अदालतका अल्पकालीन अन्तरिम आदेशमा टिकेका अधिकारी अहिले निगममा रजाइँको सिमा नाघेर गतिविधि गरिरहेका छन्  । 

चार वर्षका लागि २०७८ जेठ २७ गते निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त पाएका अधिकारीले सर्वोच्च अदालतमा हालेको रिटको पूर्ण फैसला कहिले आउने कुनै ठेगान नभएको अवस्थामा निगम डुबाउने गरी चलखेल र आर्थिक अनियमितताको चाँजोपाँजो  मिलाउने गरेका छन् । सर्वोच्च अदालतबाट समयमा फैसला नहुँदा निगममा एउटा भ्रष्टाचारीको रजाइँ मौलाएको मात्र होइन निगम झनै डुब्ने अवस्थामा पुगेकाे छ ।  

कार्यकारी अध्यक्ष युवराज अधिकारी अहिले  करोडौं रकम असुल्न र बहालवाला पर्यटनमन्त्री सुदन किराँतीलाई उनका  आफन्त मार्फत  रिझाउने  तत्काल  दश, पन्ध्र करोड हात पारिहाल्ने दाउमा लागेका छन् । यसका लािग  निगमले तीनवटा ट्वीनअटर जहाज किन्ने विषयमा पर्यटनमन्त्री सुदन किराँतीलाई आफन्त मार्फत सहमत गराइसकेका छन् । 

 आफन्त मार्फत किराँतीलाई करोडौं कमिसनको प्रलोभनमा  दिएका र अध्यक्ष अधिकारीले तीनवटा ट्वीनअटर जहाज किन्ने योजना मार्फत  दश, पन्ध्र करोड हात पारिहाल्ने योजनामा रहेका छन् ।  त्यसका लागि अधिकारीले क्यानेडियन हेभिल्याण्ड कम्पनीका क्षेत्रीय निर्देशक योगेश गर्गलाई काठमाडौं बोलाएर कमिसनको डिल गरिसकेको निगम स्रोतकाे दावी छ ।  जहाजको मूल्य र मन्त्रीलाई दिनुपर्ने कमिसन टुंग्याएका छन्  । क्षेत्रीय निर्देशक गर्गलाई मन्त्रीको खास मान्छे भनेर  परिचित राई थरका पत्रकारले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट  गर्ने प्रवन्ध मिलाएका थिए ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले मन्त्रीलाई खुशी पार्न  राई थरका ती पत्रकारको सिफारिसमा  क्याप्टेन सुधिर राईको संयोजकत्वमा जहाज किन्ने कमिटी बनाउन सफल भए  । मन्त्री किराँतीलाई खुसी पार्न क्याप्टेन राईले पनि आन्तरिक उडानका लागि तीनवटा ट्वीनअटर किन्नुपर्ने एक प्रतिवेदन तयार पारेर बुझाइसकेका छन् । निगम स्रोतका अनुसार  सबै कुरा निगम सञ्चालक समितिलाई हालसम्म कुनै अत्तोपत्तो छैन ।

अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणमा एक वर्षमा निगमको घाटा १ अर्ब ७० करोड देखाइ सकेको छ । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ४६ अर्ब यस अघि लिएको रिन बुझाउन बाँकी नै छ । निगम स्रोतका अनुसार निगमको कुल घाटा ५० अर्ब नाघिसको छ ।

समाचार सार्वजनिक भएपछि निगमका एक सञ्चालकले कार्यकारी अध्यक्ष अधिकारीलाई फोन गरेरै सोधेको तर कार्यकारी अध्यक्ष अधिकारीले  ‘मन्त्रीज्यूको आदेश हो, मन्त्रीज्यूलाई नै सोध्नुस् ' भन्ने जवाफले वाक्क सञ्चालकले जानकारी माग्दा राई थरका ती पत्रकारको सिफारिसमा  क्याप्टेन सुधिर राई चंगुलमा फसेका  मन्त्री किराँतीले उल्टै  ‘तपाईंले  तत्काल सञ्चालक पदबाट आजै राजीनामा दिनुस्, नत्र मैले हटाउँछु ।’ भन्ने जवाफ दिएको कुराले निगम भित्र सनसनी फैलेको छ । यी सबै कुरा अध्यक्ष अधिकारीले मन्त्री किराँतीको बद्नाम गराउने मात्र होइन करोडौंको कमिसनको प्रलोभनमा पारेका कारण सबै भइरहेकाे दावी गरिएकाे छ ।स  किनभने, जहाज खरिद जस्तो विषय निगम सञ्चालक समितिको निर्णयबिना मन्त्रीले चाहेर मात्र  हुन सक्ने अवस्था छैन् ।

त्यसमाथि नयाँ जहाज खरिद गर्न निगमसँग स्रोत अभाव छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणमा एक वर्षमा निगमको घाटा १ अर्ब ७० करोड देखाइ सकेको छ । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ४६ अर्ब यस अघि लिएको रिन बुझाउन बाँकी नै छ । निगम स्रोतका अनुसार निगमको कुल घाटा ५० अर्ब नाघिसको छ ।

आर्थिकरुपले टाट पल्टिएको निगमलाई थप टाट पल्टाएर करोडौं कमिसनको चक्करमा मन्त्री किराँती र अध्यक्ष अधिकारी कुदिरहेका छन् । अझ उनले एटिआरका स्थानीय एजेन्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम बेचेर बालुवाटारमा कमिसन बुझाउनुपर्छ  भन्दै असुल्दै गर्ने गरेका छन् । स्रोतका अनुसार यो सबै कुरा अधिकारीले प्रधानमन्त्रीसँग ‘ब्ल्याकमेलिङ’ समेत गर्ने गरेको समेत आरोप लागेकाे छ ।

निगम स्रोतका अनुसार दुईवटा ट्वीनअटर जहाजमध्ये एउटाको भीएचएफ सञ्चारसम्बन्धी उपकरण बिग्रिएर नेपालगन्जमा 'ग्राउण्डेड'  छन् । उक्त सञ्चार उपकरण खरिद गर्न जम्मा २५ लाख पर्ने कुरा निगम कर्मचारीले बताएका छन् । २५ लाखको एउटा उपकरण खरिद गरेर जहाज उडाउन नसक्ने निकम्मा व्यवस्थापनले तीनवटा नयाँ जहाज खरिद गर्नु कमिसन मोह बाहेक अरु केही  नभएको निगम स्रोतको दावी छ  । त्यसमाथि आन्तरिक उडानका लागि चीनसँग खरिद गरिएको जहाज तीन वर्षदेखि ग्राउण्डेड  अवस्था त छँदैछ । 

३० वर्षसम्म निगममा पाइला–पाइलामा कमिसन खाएर ढाडिएका अध्यक्ष अधिकारीलाई मन्त्री किराँतीले फाल्न अदालत बाधक बनेपछि मन्त्रालयमा हाजिर गराउने  योजना बनाएपछि मन्त्री आफ्नो हातमा लिन अधिकारीले जहाज किन्ने योजना अगाडि सारेका हुन । जहाज किन्ने कुरा आएपछि मन्त्री किराती पनि दंग छन् र निगमले तीन अर्ब नाफा कमाएको र त्यही पैसाबाट दुर्गम क्षेत्रमा उडाउनुका लागि नयाँ जहाज किन्न 'हावादारी गफमा' मन्त्री फस्नु ले पनि  मन्त्री किराँतीको नियत स्पष्ट  भइसकेको छ ।