भक्तपुर नगरपालिका : परम्परागत घर निर्माण गर्नेलाई ६४ लाख ७२ हजार अनुदान वितरण

भक्तपुर नगरपालिका : परम्परागत घर निर्माण गर्नेलाई ६४ लाख ७२ हजार अनुदान वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०८०

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ ।

भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा आफ्ना नगर क्षेत्रभित्र मापदण्डअनुसार परम्परागत शैलीमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका स्थानीयवासीलाई ३५ प्रतिशत अनुदान रकम प्रदान गरेको हो ।

  नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने स्थानीयवासीले खरिद गर्ने डाँची अप्पा, माः अप्पालगायतका इँटा, काठका कलात्मक झ्याल, ढोकालगायतका विभिन्न सामग्री खरिदमा लागेको कूल रकमको ३५ प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अध्यक्ष बिजुक्छेँले प्रतिव्यक्ति  ७५ हजारदेखि आठ लाख ४६ हजारसम्म रकम प्रदान गर्नुभएको हो । 

उहाँले भनपा–३ का इन्द्रकाजी शिल्पकारलाई  ७५ हजार एक सय ३७, वडा नं ६ का हेलबहादुर दुवाललाई  चार लाख २३ हजार एक सय ९१, वडा नं ४ का उपेन्द्रभक्त तिमिला र ऋषि केशवभक्त तिमिलालाई  एक लाख ६८ हजार सात सय ९५, वडा नं‍. २ का सुरेशबहादुर कायष्थ र सुर्वणकुमारी कायष्थलाई  तीन लाख ७८ हजार पाँच सय २७, वडा नं २ का सुजितबहादुर कायष्थ र सुवर्णकुमारी कायष्थलाई  तीन लाख ३६ हजार नौ सय ६५ वडा नं ४ का रणबहादुर छुस्याकीलाई एक लाख ६२ हजार सात सय २२ रकमप्रदान गर्नुभयो । 

त्यस्तै, वडा नं २ का राजेशचन्द्र प्रधानाङ्गलाई  दुई लाख ८२ हजार ७९, वडा नं ६ का कृष्णभक्त चाँगुभारीलाई एक लाख ५० हजार ६ सय १९, वडा नं ७ का बलराम तचामोलाई  एक लाख चार चार सय ८६, वडा नं ६ का अष्टमाया मूलगुठी  दुई लाख ७४ हजार दुई सय ९९, वडा नं ६ का अर्जुन नेपाललाई रु एक लाख ९४ हजार तीन सय १९, भनपा–४ का दिलिस खाइतुलाई रु दुई लाख ४० हजार नौ सय ३६ काठ, इँटा र झिङ्गटीमा अनुदान दिएको हो । 

    त्यस्तै, वडा नं १० का बलराम सहिकर्मीलाई दुई लाख ९५ हजार आठ सय ३७, वडा नं ५ का मैयादेवी लोहला समेतलाई  पाँच लाख ५५ हजार तीन सय ३४, वडा नं ५ का मोहनकेशरी सुवाललाई सात लाख १५ हजार दुई सय २२, वडा नं २ का रीता दुवाललाई  दुई लाख ४२ हजार ६ सय ७४, वडा नं ५ का शतिशकुमार धौभडेललाई  एक लाख ७७ हजार दुई सय ७३, वडा नं २ का कोशव लघु र लक्ष्मीकेशरी लघुलाई रु आठ लाख ४६ हजार एक सय ४४, वडा नं ५ का बिजुली सिबन्जारलाई पाँच लाख ८२ हजार आठ सय २३, वडा नं ९ का पूर्णनारायण ज्याख्वलाई  एक लाख ५४ हजार दुई सय ७३ र वडा नं २ का कृष्णराम दथेपुथेलाई एक लाख १० हजार सात सय २६ गरी कूल  ६४ लाख ७२ हजार तीन सय ९० अनुदानस्वरुप प्रदान गरिएको हो ।

    कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रमा सम्पदाहरू आफैँमा जीवित रहेको चर्चा गर्दै यसको संरक्षणमा नगरपालिका आफैँ लाग्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, निर्माण र पुनर्निर्माणमा अगाडि बढाउनुपर्ने औंल्याउनुभयो ।

 कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले अनुदान रकमलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने उल्लेख गर्दै परम्परागत शैलीमा घर निर्माणका लागि नगरवासीलाई प्रोत्साहन दिँदै आएको बताउनुभयो ।