डिशहोममा 'प्रेम गीत ३' विशेष प्रदर्शन हुँदै

डिशहोममा  'प्रेम गीत ३' विशेष प्रदर्शन हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १३, २०८०

नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३' डिशहोममा विशेष प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ । 

'प्रेम गीत ३' यहि असार १५ गते सिनेमा घर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिने माघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको XVOD मा पनि यो चलचित्र उपलव्ध हुनेछ । XVOD  मा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ XVOD  डिशहोमको सेटअप वक्समा उपलव्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटअप वक्समा WIFI Dongle  वा Lan Cable  जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ । 

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।