निजी  विद्यालयलाई सामुदायिक सरहको तलब दिन प्रमुख  बालेन्द्र साहको निर्देशन !

निजी  विद्यालयलाई सामुदायिक सरहको तलब दिन प्रमुख  बालेन्द्र साहको निर्देशन !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १४, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालय सरहकै तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रमुख शाहले सरकारले तोके अनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गर्नुभएको छ । 

    महानगरका संस्थागत ९निजी० विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

‘शिक्षा ऐन, २०२८ को दफा १२ ९७० ९छ० मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ' , उहाँले भन्नुभयो ।

सोहीअनुसार महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन प्रमुख शाहले निर्देशन दिनु भएको हो ।