पद्मश्री साहित्य पुरस्कार: पहिलो चरणको उत्कृष्ट १५ पुस्तक छनोट

पद्मश्री साहित्य पुरस्कार: पहिलो चरणको उत्कृष्ट १५ पुस्तक छनोट

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १५, २०८०

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (शर्ट लिस्ट) सार्वजनिक गर्ने गरेको छ । 

प्रतिष्ठानले  वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । 

चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरू मध्येबाट १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (शर्ट लिस्ट)  सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूची मध्येबाट उत्कृष्ट संक्षिप्त सूची (शर्ट लिस्ट)  चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानले जनाएकाे छ ।

वि. सं. २०७९ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १८० पुस्तक प्राप्त भएका थिए । यी मध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि निर्णायक समितिले प्रतिष्ठानलाई निम्न १५ पुस्तकको सिफारिस उपलब्ध गराएको छ ।

 १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूचीसहितको  प्रेस विज्ञप्तिको पूर्णपाठ