करिब ८ लाख बराबरीको चोरी पैठारी मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो नियन्त्रणमा

करिब ८ लाख बराबरीको चोरी पैठारी मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०८०

 इलाम । जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको
मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश नं १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा मदिरा प्रस्तावित
सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।

सो गाडीभित्र डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो ।

 बरामद मोटर पार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।