नेपाल वायुसेवा निगम इन्जिन काण्ड: इन्जिन मर्मत नगर्ने, भाडामा लिँदै कमिशन खाँदै

नेपाल वायुसेवा निगम इन्जिन काण्ड: इन्जिन मर्मत नगर्ने, भाडामा लिँदै कमिशन खाँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०८०

काठमाडौँ।  नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मर्मतका लागि जर्मन पठाइएको इन्जिन नआएको बाहाना बनाएर भाडामा लिएको इन्जिनको समय ४५ दिन थपको विषयमा  प्रस्ताव सञ्चालक समितिमा पेस गर्दा व्यापक विरोध मात्र होइन ठुलो कमिशन खाएको आरोपको सामना गर्नु परेको छ

निगम सञ्चालक समिति स्रोतका अनुसार, सन् २०२२ को मार्च ५ देखि अहिलेसम्म निगमले एयर बस ३२० को एउटा इन्जिन भाडामा लिएर जहाज उडान गरिरहेको छ । ‘न्यारोवडी ए ३२० नाइन एन ए के डब्लू’ (सरगमाथा) जहाजको बाँया इन्जिन भाडामा प्रयोग गरेवापत करोडौं कमिशन खाएको आरोप  लगेको हो  ।

छोटो समयको लागि भनि भाडामा लिएको इन्जिन समयअनुसार जुन ३१ सम्म थियो । तर, मर्मतका लागि जर्मन पठाइएको इन्जिन नआएको बाहाना बनाएर अध्यक्ष अधिकारीले ४५ दिनको लागि समय थपको प्रस्ताव सञ्चालक समितिमा पेस गरेकाे निगम स्रोतले बताएको छ ।

४५ दिनको समय थपको प्रस्ताव आएसँगै सञ्चालकहरूले निगम कार्यकारी अध्यक्ष अधिकारीको नियतमाथि प्रश्नै प्रश्न गरेका थिए । निगमका एक सञ्चालकले त इन्जिन मर्मतको समय लम्ब्याउँदै इन्जिन भाडामा लिएको कम्पनीसँग कति कमिशन खानुभयो ? भनेर बैठकमा प्रश्न गरेका थिए ।

निगम स्रोतका अनुसार जुलाई १ देखि अगष्ट १५ सम्मका लागि गरी ४५ दिन इन्जिन भाडामा लिने गरी भएको समय थपमा तत्काल १५ दिनको लागि सहमति भए पनि अब थप समय दिन नहुने कुरामा सञ्चालकहरु एकमत भएका छन् ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले समयमै इन्जिन मर्मत गर्न छाडेर इन्जिन भाडामा लिन थालेको १५ महिना बितिसकेको छ । १५ महिनापछि पनि फेरि ४५ दिन इन्जिन भाडाको समय थपको प्रस्ताव सञ्चालक समितिमा लगेपछि त्यसको व्यापक विरोध भएको हो । अधिकारी निगमको कर्मचारी हुँदादेखि स्थानीय एजेन्ट सुरेश श्रेष्ठसँग राम्रो सम्बन्ध भएका कारण इन्जिन भाडामा कमिशन खाँदै आएको स्रोतले बताएको छ ।

निगम स्रोतका अनुसार अध्यक्ष अधिकारीले एयरबस ३२० को इन्जिन मर्मतमा १ अर्बभन्दा बढी खर्च गरेर कमिशन खाइरहेका छन् भने, अर्कोतर्फ १० महिना इन्जिन भाडामा लिएवापत ४० करोड खर्च गरिसकेका छन् । त्यो इन्जिन भाडामा लिएवापत सुरेश श्रेष्ठ (स्थानीय एजेन्ट)बाट २ करोड कमिशन लिएको स्रोतले बताएको छ ।

निगमले २०२२ को मार्च ५ देखि न्यारोवडी ए ३२० नाइन एन ए के डब्लू (सरगमाथा_ जहाजको बाँया इन्जिन भाडामा लिएर कमिशन खाएको हो । उक्त जहाज डिसेम्बर २७ मा कतारको दोहामा अवतरणपछि इन्जिन बिग्रिएको थियो । जसका कारण जहाज ६० दिन ग्राउन्डेड भएको थियो । २०२२ को मार्च ५ देखि इन्जिन भाडामा लिँदा निगमले भाडा वापत नै ४० करोड रुपैयाँ जति खर्च गरिसकेको छ ।

निगम स्रोतका अनुसार, अहिले भाडामा लिएको इन्जिनवापत निगमले दैनिक ६ हजार ५ सय ७० डलर खर्च गरिरहेको छ । निगमले एमटीयूसँग दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रति साइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएको छ ।

जहाज मर्मतमा ढिलाइ गर्नुको मुख्य कारण भाडामा लिएको इन्जिनको समय लम्ब्याइ राख्नु हो । जब दायाँ इन्जिनमा समस्या आयो त्यसपछि निगम व्यवस्थापनलाई भाडामा लिएको इन्जिन राखिराख्ने अवसर पायो । निगम व्यवस्थापनको चाहाना पनि इन्जिन भाडामा लिने काम लम्ब्याइ राख्नु थियो ।

डिसेम्बर २७ इन्जिन ९ महिनापछि बल्ल मर्मत भयो । इन्जिन मर्मत भएपछि सेप्टेम्बर ३० मा निगमले जहाज इजायल पठाएर जुलाईमा बिग्रिएको दायाँ इन्जिन झिकेर मर्मत भएको इन्जिन राखियो । जुलाईमा बिग्रिएको इन्जिन मर्मतको प्रक्रिया त्यसबेलासम्म कुनै प्रक्रिया सुरु भएन, इन्जिन मर्मतका लागि ४ देखि ५ महिनासम्म कुनै प्रक्रिया गरिएन । इन्जिन मर्मतमा ढिला गर्नुको एउटै कारण मार्चदेखि भाडामा लिइएको इन्जिन प्रयोगलाई लम्ब्याइराख्नु थियो ।

सन् २०२२ को जुलाई ३० देखि बिग्रिएर मर्मतका लागि जर्मन पठाइएको इन्जिन २०२३ को जुन ३० सम्ममा आइपुग्ने निगमको दाबी थियो । तर अन्तिम समयमा निगम व्यवस्थापनले इन्जिन मर्मत हुन नसकेको भन्दै फेरि ४५ दिन इन्जिन भाडामा लिन लागेको हो ।

सन् २०२१ को डिसेम्बरमा बिग्रिएको इन्जिन ९ महिनामा सेप्टेम्बरमा मर्मत भएको थियो भने २०२० को जुलाईका बिग्रिएको इन्जिन ११ महिनामा मर्मत सम्पन्न नहुनेमा इन्जिन भाडाको कमिसन खेल नै हो । इन्जिन मर्मतमा ढिलाइको एउटै रहस्य एमटीयूको इन्जिन भाडामा लिँदै कमिसन लिने काम हो ।

निगम स्रोतका अनुसार अध्यक्ष अधिकारीले एयरबस ३२० को इन्जिन मर्मतमा १ अर्बभन्दा बढी खर्च गरेर कमिशन खाइरहेका छन् भने, अर्कोतर्फ १० महिना इन्जिन भाडामा लिएवापत ४० करोड खर्च गरिसकेका छन् । त्यो इन्जिन भाडामा लिएवापत सुरेश श्रेष्ठ (स्थानीय एजेन्ट)बाट २ करोड कमिशन लिएको स्रोतले बताएको छ ।

निगम स्रोतका अनुसार अध्यक्ष अधिकारीले एयरबस ३२० को इन्जिन मर्मतमा १ अर्बभन्दा बढी खर्च गरेर कमिशन खाइरहेका छन् भने, अर्कोतर्फ १० महिना इन्जिन भाडामा लिएवापत ४० करोड खर्च गरिसकेका छन् । त्यो इन्जिन भाडामा लिएवापत सुरेश श्रेष्ठ (स्थानीय एजेन्ट)बाट २ करोड कमिशन लिएको स्रोतले बताएको छ ।

इन्जिन भाडाको विषयलाई लिएर सञ्चालक समितिको बैठकमा पटक–पटक कुरा उठे पनि आफ्नो इन्जिन बनाउन छाडेर अध्यक्ष अधिकारीले कमिसनका लागि इन्जिन भाडामा लिएपछि बैठकमै अध्यक्ष अधिकारीको विरुद्ध कुरा उठेपनि कमिसनको लोभमा पू्र्णतया  वेवासुता अगाडि बढ्दै आएका छन् ।