इन्भेष्टमेन्ट मेगा बैङ्कको ऋणको साँवा ब्याज ताकेता गर्ने कर्मचारीलाई 'महिला हिंसा'को मुद्दा !?

इन्भेष्टमेन्ट मेगा बैङ्कको ऋणको साँवा ब्याज ताकेता गर्ने कर्मचारीलाई 'महिला हिंसा'को मुद्दा !?

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १९, २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको कर्जा समयमा तिर्न नसकेपछि डायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ता कुमारी बुढाथोकीले असार ४ गते आफूमाथि बैंकका कर्मचारीले महिला हिंसा गरेको आरोपमा महिला आयोगमा उजुरी दर्ता  गरेर करोडौँ रकम नतिर्ने बाटो अख्तियार गरेकाे खुल्न आएको  छ ।

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्जाको साँवा ब्याज भुक्तानी गर्न ऋणीलाई पटक–पटक आग्रह गर्दा कर्जा समयमा तिर्न नसकेपछि डायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ताकुमारी बुढाथोकीले हिंसा गरेको आरोप लगाउँदै महिला आयोगमा उजुरी गरेकी हुन । 

यसरी उजुरी गर्नुकाे कारणा डायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ता कुमारी बुढाथोकीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको कर्जा समयमा तिर्न नसकेपछि बैंकले उक्त कर्जा प्रोभिजन गरेको थियाे । तर, बैंकले प्रोभिजन गर्नु अगाडि उक्त कम्पनीलाई जोगाउन पटक–पटक कर्जा दिइरह्यो । कर्जाको साँवा ब्याज भुक्तानी गर्न बैंकले ऋणीलाई पटक–पटक आग्रह गरेको र  ऋणीले ब्याज तिर्ने प्रतिबद्धता पनि जनाए पनि  समयमा नतिरेपछि  बैंकले उक्त ऋणलाई प्रोभिजनमा पठाएको र त्यसको जानकारी  ऋणीलाई बैकले जानकारी गराइएको बताइएको छ । 

बैंक स्रोतका अनुसार शान्ता कुमारी बुढाथोकीले उक्त बैंकबाट हामीनिट इन्डस्ट्रिजका लागि १० करोड,  डायमी ट्रेडिङका लागि ८ करोड १७ लाख र तम्पिन्जो इन्डस्ट्रिजका नाममा २५ करोड र व्यक्तिगत कर्जा करिब ५ करोड लिएको बताइन्छ । बैंकका कर्मचारीका अनुसार एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा लगानी गर्दा उक्त कम्पनी समस्यामा परेको भनि सचेत गराउने गरेको समेत प्राप्त समाचारमा उल्लेख छ तर  दुई वर्षदेखि शान्ताले नियमित व्याज नबुझाएको बैंकले जनाएको छ । 

लामो समयसम्म बैंक र ऋणीको बीच खासै समस्या नभएको, बैंकको पुरानो ऋण भएकोले असार मसान्तसम्म तिर्नको लािग समय अवधि दिएको थियो । तर, जब असार महिना सुरु भयो, तब ऋणी शान्ता बुढाथोकी असार ४ गते आफूमाथि बैंकका कर्मचारीले महिला हिंसा गरेको आरोपमा महिला आयोगमा उजुरी दर्ता गर्न पुगिन् । यो घटनाले बैंकका कर्मचारीलाई तनाव उत्पन्न भएको बैंक स्रोतले उल्लेख गरेको छ ।

कतिपय यस्ता उजुरीमाथि महिला आयोगले प्रारम्भिक छानबिन गरेर मात्रै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय  पठाउने प्रचलन छ । तर, शान्ता बुढाथोकीको हकमा आयोगले प्रारम्भिक अनुसन्धान बिना कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउनुले पनि यो घटना नियोजित रुपमा घटाइएको छ ।

 ऋणी बुढाथोकी माथि बैंकका कर्मचारीले महिला हिंसा गराएको भए त्यतिबेलै किन उजुरी ? तीन महिनापछि बैंकको ऋण तिर्न छाडेर एक्कासी उनी महिला आयोगमा कुन नियत माथि बैंक कर्मचारीहरू प्रश्न उठाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अनुसार  वैशाख १७ गते डायमीका सञ्चालिका शान्ताकुमारी बुढाथोकी र उनका श्रीमान् भारतीय नागरिक गुन्जनकुमार लाजिम्पाट स्थित बैंकमा पुगेकाे र  बैंकका डिसीओ महेश शर्मा ढकालसँग कर्जाका विषयमा कुराकानी गरेकाे स्विकार गरेकाे छ । डिसीओ ढकालले अहिलेको लागि ४ करोड रुपैयाँ बुझाउन आग्रह गरे । त्यस कुरामा दुवै जनाले सहमति गरेर फर्किएको बैंकको दावी छ । 

त्यो भन्दा अगाडि एमालेका सांसद एलपी साँवा लिम्बूले बैंकका सञ्चालक गोपाल खनाललाई फोन गरेर शान्ता कुमारी बुढाथोकीलाई समस्या परेकोले सहयोग गर्न आग्रह गरेका  । सञ्चालक खनालले डिसीओ महेश शर्मालाई सहयोग गरिदिन फोन गरे । उक्त फोनपछि समय लिएर २०७९ चैत २९ गते बुढाथोकी एक्लै बैंक पुगिन् । डिसीओ महेश शर्मासँग राम्रै कुराकानी भयो । बुढाथोकीले थप ऋणको लागि आग्रह गरिन् । डिसीओ शर्माले थप ऋणको लागि पुरानो कर्जा चुक्ता गर्दै जान आग्रह गरेकाे । बुढाथोकीले कर्जा अन्यत्र बैंकमा सार्ने कुरा बताइन् । डिसीओ शर्माले जहाँ सारे पनि बैंकको ऋण चुक्ता गर्नुपर्ने दावी प्रस्तुत गरेका थिए । त्यसपछि बैंकका कर्मचारीहरूले ऋणका लागि बुढाथोकीलाई ताकेता गर्दै गर्दा पनि वैशाख १७ गतेको प्रतिबद्धताअनुसार रकम जम्मा नभएपछि प्रोभिजनमा पठाएको बैकले जनाएको छ । 

ऋणको साँवा ब्याज चुक्ता गर्नु त कता कता सार ४ गते आफूमाथि बैंकका कर्मचारीले महिला हिंसा गरेको आरोपमा महिला आयोगमा बुढाथोकीले  उजुरी दर्ता गरेकी थिइन । यसरी बुढाथोकी दर्ता  गरेको रिट निवेदन माथि समान्य जाँचबुझ र अध्ययन समेत नगरी सञ्चार माध्यममा सार्वजनिक गरिनुले ऋण र सावा चुक्ता गर्नु भन्दा बैंक र बैंकका कर्मचारीलाई सुनियोजित षड्यन्त्र गरी  फसाउन  राष्ट्रिय महिला आयोग नै लागेको गम्भिर आरोप लागेको छ । 

राष्ट्रिय महिला आयोग परेको रिट निवेदन माथि अनुसन्धान समेत नगरि उपर कारबाहीको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर पठाएको छ । महिला आयोगमा परेको उजुरीउपर आयोगमा प्रारम्भिक छलफल नै नगरी एक्कासी जिल्ला प्रशासन कार्यालयमा उक्त निवेदन किन पठाइयो भन्ने गम्भिर प्रश्न  उठेको छ ।

कतिपय यस्ता उजुरीमाथि महिला आयोगले प्रारम्भिक छानबिन गरेर मात्रै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय  पठाउने प्रचलन छ । तर, शान्ता बुढाथोकीको हकमा आयोगले प्रारम्भिक अनुसन्धान बिना कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउनुले पनि यो घटना नियोजित रुपमा घटाइएको छ । राष्ट्रिय महिला आयोगका एक कर्मचारीका अनुसार अध्यक्ष कमला पराजुली र सदस्य कृष्ण कुमारी खतिवडा बिच सम्बन्ध राम्रो नभएको उजुरी प्रति समान्य अनुसन्धान नै नगरि जिल्ला जिल्ला प्रशासन कार्यालयमा लेखि पठाउने काम भएकाे छ । यस कार्यलाई समान्य अनुसन्धान बेगर लेख्ने कार्यले राष्ट्रिय महिला आयोग निकम्मा सावित भएको छ ।