उद्यमीको उद्दण्डता: बैङ्कको कर्जा नतिर्न महिला आयोग र सञ्चार माध्यमको दुरुपयोग र हुर्मत ?

उद्यमीको उद्दण्डता: बैङ्कको कर्जा नतिर्न महिला आयोग र सञ्चार माध्यमको दुरुपयोग र हुर्मत ?

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०८०

काठमाडौँ । बैङ्कबाट लिएको कर्जाको साँवा ब्याज नतिर्नको लागि कम्पनी सञ्चालकहरू कति हदसम्म गिर्न तयार हुन्छन् ? गिर्न तयार मात्र होइन, राष्ट्रिय महिला आयोग जस्ता संबैधानिक आयोगलाई बन्दमा र दुरुपयोग गर्न व्यवसायीहरु कसरी लाग्छन् ? आफ्ना स्वार्थका लागि पत्रकारितालाई नै दुरुपयोग गर्न तम्तयार हुन्छन् भन्ने कुरा राष्ट्रिय महिला आयोगका पदाधिकारीहरू बैङ्कको करोडौँ डुबाउने खेलमा लाग्दा रहेछन् भन्ने कुराको नमुना  राष्ट्रिय महिला आयोगले प्रस्तुत गरेको पाइएको छ । 

यस्तै  हरकत ३ वटा कम्पनीका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबाट ६५ करोड भन्दा बढी कर्जा र कारोबार गर्दै आएकी हामीनिट इन्डस्ट्रिज, डायमी ट्रेडिङ र तम्पिन्जो इन्डस्ट्रिजकी सञ्चालक शान्ता बुढाथोकीले राष्ट्रिय महिला आयोगमा गरेकी छन् । उनको हरकतले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, राष्ट्रिय महिला आयोग र पत्रकारिता पेसाको एकै पटक हुर्मत  लिने काम भएको छ । 

राष्ट्रिय महिला आयोगलाई दुरुपयोग गरेर बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) महेश शर्मा ढकाललाई फसाउने नियतका साथ  ढकाललाई पक्राउ गरी कानुनी  कार्यवाही गरी हदै सम्मको सजाय समेत गरी पाउन निर्देशनको माग गर्दै 'अभद्र' र 'अनैतिक' व्यवहार मुद्दा दायर गरेर मात्र नपुगेर आयोगमा दर्ता गरेको  'उजुरी पत्र' सञ्चार माध्यममा प्रकाशन गर्न आफैँले दिने र राष्ट्रिय महिला आयोगलाई  किन 'उजुरी पत्र' सार्वजनिक गरेको भनेर आयोग र प्रेस काउन्सिल नेपाल उजुरी समेत दिएको तथ्य खुल्न आएको छ ।  एकै व्यक्ति एकै विषयमा यति धेरै संस्थाहरूलाई एकै पटक कसरी दुरुपयोग गर्न सफल भएको घट्नाले गम्भीर प्रश्न उठाएको छ । 

 चैत २९ भेटघाट असार ३ मा आएर एकै भेटमा 'अभद्र' र 'अनैतिक' व्यवहार मुद्दा ?

उजुरीकर्ता शान्ता बुढाथोकीले  राष्ट्रिय महिला आयोगमा दर्ता गराएको 'उजुरी पत्र' मा  ‘ मैले ३ वटा कम्पनी  सञ्चालन गर्दै आएको छु ।  यी तीनै कम्पनीले इन्भेस्टमेन्ट बैङ्कबाट कारोबार गर्दै आएका छन् । व्यवसायकै क्रममा साबिक इन्भेस्टमेन्ट बैङ्कसँग मेरो करिब ६५ करोड बराबरको कारोबार रहेको छ । मैले सञ्चालन गरी आएको कम्पनीको कारोबार लगायत मेरो कर्जा नियमित गर्दै आएको छु । नेपाल इन्भेस्टमेन्ट बैङ्क लि. बाट पहिलो पटक ८ करोड ७८ लाख ९५ हजार सामान निर्यात गर्ने प्रयोजनको लागि र सो पश्चात् ४ करोड स्थिर सम्पत्ति खरिद लगानी गर्ने प्रयोजनका लागि ऋण स्वीकृत भएको थियो ।उक्त ऋण स्वीकृत भए पश्चात् नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेघा बैङ्क मर्जरको प्रक्रियामा रहेको कारणबाट कर्जा प्रवाह भएको थिएन । उल्लेखित दुबै बैंकहरु एक आपसमा मर्ज भए पश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) भएर आउनुभयो । त्यसपछि उनलाई सम्पर्क गरी भएको ब्यहोरा अवगत गराउने विचार राखी ढकाललाई भेट्न उनको कार्यकक्षमा गएँ ।'

'उजुरी पत्र' मा  थप भनिएको छ - कार्यकक्षमा प्रवेश गरेपछि उनले ‘तपाई मसँग सम्पर्कमा रही रहनुहोला भनी आश्वासन दिएको हुँदा ढकालको विश्वासमा परी २०७९ चैत २९ गते अन्दाजी २ बजेको समयमा फेरि उनलाई भेट्न गएँ । उनले ‘तपाईँको कर्जा चाँडै स्वीकृत हुँदै छ ।  त्यसका लागि मैले भनेको काम गर्नुपर्दछ भनी म बसेको ठाउँमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकाले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो । यस्तो गलत कार्य नगर्नुहोस् तपाई जस्तो ओहदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भने । त्यसपछि उनले भने–‘मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाए मा अर्थात् हामीले बोलाएको स्थानमा नआई हामीले भनेको नमानेमा जे पनि हुन सक्छ भन्ने धम्कीपूर्ण भाषा प्रयोग गाली गलौज समेत गरी अभद्र व्यवहार गरे । बैङ्कमा ऋणका लागि जाने म जस्तो उद्यमी महिलालाई यस्तो व्यवहार गर्ने ढकाललाई पक्राउ गरी कानुनी बमोजिम कारबाही गरी हदैसम्मको सजाय समेत गरी पाउन सम्बन्धित निकायमा जो चाहिने आवश्यक निर्देशन जारी गरी पाउँ ।' 

राष्ट्रिय महिला आयोग परेको 'उजुरी पत्र'  माथि सामान्य अनुसन्धान समेत नगरी उजुरी उपर कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पत्र लेखेर पठाइ सकेको छ ।नेपाल इन्भेस्टमेन्ट बैङ्कमा भने 'अभद्र' र 'अनैतिक' व्यवहार मुद्दा  खेप्नु पर्ने डरले आतङ्क फैलिएको छ । 

यसरी उजुरी पत्रलाई आधार मान्ने हो भने २०७९ चैत २९ गते अन्दाजी २ बजेको समयमा बैङ्कमा भेटेको कुरा उल्लेख छ । पुरा पुर दुई महिनासम्म उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको घरघरमा धाउने तर बैङ्कलाई कर्जा बापत बुझाउनु साँवा व्याज नबुझाउने बहाना बाजीमा  महिला हिंसा'को मुद्दा हाल्ने प्रपञ्च रचेको र सोही अनुसार  बैङ्क र बैकका कर्मचारीलाई फसाएर उन्मुक्ति खोज्नका लागि २ महिना अर्थात् २०८० असार ३ गते  राष्ट्रिय महिला आयोगमा 'उजुरी पत्र' दर्ता गराएको  प्रस्ट हुन्छ । एकै भेटमा 'अभद्र' र 'अनैतिक' व्यवहार भनी उजुर गर्ने कार्य धेरै प्रश्नहरू जन्माएको छ ।   (उजुरीकर्ता शान्ता बुढाथोकीले  राष्ट्रिय महिला आयोगमा दर्ता गराएको 'उजुरी पत्र' जो उनले सञ्चार माध्यमलाई बाँडेकी थिइन लोकसंवाद डटकमसँग सुरक्षित छ) 

आयोगदेखि सञ्चार माध्यममा 'उजुरी पत्र' छ्याप्छ्याप्ती !

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले केही नेताहरूको सल्लाहमा उजुरी दिन राष्ट्रिय महिला आयोग पुगेकी बुढाथोकी तत्काल बैङ्कको ताकेता बाट बच्ने उपायको खोजीमा थिइन । सोही अनुसार उनी राष्ट्रिय महिला आयोग त पुगिन । आयोगमा 'उजुरी पत्र' दर्ता गर्न साथ पक्राउ परिहाल्ने र बैकले ताकेता नगर्ने  उनको उपायमा त्यस बेल तुषारापात भयो । जुन बेला राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले गेटमा नै आफू तीन दिनको लागि काठमाडौँ बाहिर जान लागेको चौथो दिनमा मात्र हेर्न सक्ने जानकारी दिएर बिदा भइन । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ र एमाले  नेताहरुले भन्दा पनि नमानेको  भन्दै उनी 'उजुरी पत्र'  बोकेर विभिन्न सञ्चार माध्यमको ढोका ढक ढकाउन सञ्चार माध्यममा 'उजुरी पत्र' छ्याप्छ्याप्ती पार्न थालिन । उक्त कार्यमा एमाले पौडेल थरका केन्द्रीय सदस्यले साथ दिइरहेका थिए । यस विषयमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले लाेकसंवाद डटकम सँग भनिन- 'शान्ता बुढाथोकीलाई गेटमा अध्यक्ष यही हो भनेर कसैले भनिदिएछ । उहाँ आएर 'उजुर पत्र' दर्ता गराएको र तत्काल हेरिदिन अनुरोध गर्नु भयो ।मैले ३ दिनको लागि बाहिर जना लागेको र चौथो  दिन अफिस आएर 'उजुर पत्र'को बारेमा थाप कारबाही गर्ने भनेर गएको तर आयोगको पत्र त  सञ्चार माध्यममा पुगेछ !'  

जब आयोगमा दर्ता भएको 'उजुरी पत्र' सञ्चार माध्यममा छ्यापछ्यापी कसरी भयो ? कसरी आयोगले कसरी कारबाही गर्ने ? जब गृहमन्त्री र एमाले नेताहरुले आयोगकी अध्यक्ष कमला पराजुलीले दबाब दिनेलाई जवाफ दिइन तब शान्ता बुढाथोकीको अर्को 'नाटक'  सुरु भयो । उनले राष्ट्रिय महिला आयोग मै अर्को निवेदन दिन पुगिन । राष्ट्रिय महिला आयोगमा आफूले दर्ता गराएको 'उजुरी पत्र' सञ्चार माध्यममा कसरी पुग्यो । आयोगकी अध्यक्ष पराजुलीको भनाई छ  'शान्ता बुढाथोकीको निवेदन पश्चात् सञ्चार माध्यममा कसरी गयो ? भनेर छानबिन पश्चात् त्यो पत्ता लगाउन आयोग लागेको र यसको बारेमा प्रेस काउन्सिलमा लेखेर आयोगमा पठाएका छौँ । 

सञ्चार माध्यममा आफैँ जाने,  पुनः  आफैँ उजुर गर्न आयोग र प्रेस काउन्सिलमा ?

राष्ट्रिय महिला आयोगमा उजुरी दिएको र चार दिन धैर्य बस्न नसकेको शान्ता बुढाथोकी नेपाल इन्भेस्टमेन्ट बैङ्कका डेपुटी सिइओ  महेश शर्मा ढकालमाथि सङ्गिन आरोप सहितको  'उजुरी पत्र'  सञ्चार माध्यमलाई बाँड्नु  शान्ता बुढाथोकीले  बहादुरी ठानिन् । केही सञ्चार माध्यमले उच्च प्राथमिकता साथ समाचार प्रकाशन पनि भए । जब समाचार सार्वजनिक भए पछि  उजुरीकर्ता  शान्ता बुढाथोकीको राष्ट्रिय महिला आयोग, बैक र प्रशासनको नजरमा गलत देखिने भए पछि यसको विकल्पको खोजीमा लाग्न थालिन । उनी यस  कार्यका  एमाले पौडेल थरका केन्द्रीय सदस्यले साथ लिने निष्कर्षमा पुगिन (जो महिला आयोग राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीका पुरानै मित्र र एउटै पार्टीका हुन उनैले आयोगमा जान सुझाएका थिए) । जब राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, ती एमाले केन्द्रीय सदस्य र शान्ता बुढाथोकीका बिचमा छलफल भएको र उक्त छलफलबाट नै आयोगको पत्र कसरी सार्वजनिक भयो भनेर उल्टै  राष्ट्रिय महिला आयोगमा निवेदन  दिने प्रपञ्च रचियो । उक्त निवेदनका आधारमा आयोगले आन्तरिक छानबिनको विषय बनाउनेदेखि प्रेस काउन्सिलमा आयोगले लेखि पठाउने सहमति भएको बताइन्छ । सोही भेटघाटमा शान्ता बुढाथोकीले पनि व्यक्तिगत रुपमा आयोग विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने सहमति भएको  थियो । 

राष्ट्रिय महिला आयोगले सोही निवेदनका आधारमा  प्रेस काउन्सिलमा पत्र सार्वजनिक कसले गरेको पत्ता लगाइदिन पत्राचार गरी सकेको छ भने  एमाले केन्द्रीय सदस्यसँगै गएर  शान्ता बुढाथोकीले पनि प्रेस काउन्सिलमा उजुरी दिएर 'पनि माथिको ओभानो' हुने प्रयास गरी रहेकी छन् । उता आयोगकी अध्यक्ष पराजुली भने शान्ता बुढाथोकीले  'उजुरी पत्र'  कसरी सार्वजनिक भयो छानबिन गरी कारबाही गरी पाउँ भनी निवेदन दिए पछि आफूले प्रेस काउन्सिल पत्राचार गरेको बताउँछिन् र भन्छिन् ' आयोगसँग    प्रेस काउन्सिल गुहार्नाको विकल्प थिएन ।'  राष्ट्रिय महिला आयोग शान्ता बुढाथोकी उजुरीको आधारमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरण समेत सोधी सकेको छ । 

आयोगको जिल्ला प्रशासनलाई पत्र, बैङ्कमा आतङ्क 

२०७९ चैत २९ गते अन्दाजी २ बजेको समयमा बैङ्कमा भेटेको विषयमा  बैङ्क र बैकका कर्मचारीलाई फसाएर उन्मुक्ति खोज्नका लागि २ महिना अर्थात् २०८० असार ३ गते  राष्ट्रिय महिला आयोगमा 'उजुरी पत्र' दर्ता गराएको  प्रस्ट देखिन्छ । 

राष्ट्रिय महिला आयोग परेको 'उजुरी पत्र'  माथि सामान्य अनुसन्धान समेत नगरी उजुरी उपर कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पत्र लेखेर पठाइ सकेको छ ।नेपाल इन्भेस्टमेन्ट बैङ्कमा भने 'अभद्र' र 'अनैतिक' व्यवहार मुद्दा  खेप्नु पर्ने डरले आतङ्क फैलिएको छ । 

महिला आयोगमा परेको उजुरीउपर आयोगमा प्रारम्भिक छलफल नै नगरी एक्कासि जिल्ला प्रशासन कार्यालयमा उक्त निवेदन किन पठाइयो भन्ने गम्भीर प्रश्न उठेको विषयमा आयोगकी अध्यक्ष पराजुलीको भनाइ छ - 'आयोगमा ३० देखि ४ वटा उजुरी आउने गर्दछन्। राष्ट्रिय महिला आयोग फौजदारी अभियोग निरूपण गर्ने निकाय होइन। शान्ता बुढाथोकीको मात्र होइन । सबै उजुरी सम्बन्धित निकायलाई लेखि पठाउने कुरालाई निरन्तरता दिएको मात्र हो । यो उजुरी शाखाको नियमित काम हो नियोजित होइन ।'  

'उजुरी पत्र'को विवाद हुँदा हुँदै किन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पत्र  किन त ? भन्ने लोकस‌ंवाद डटकमको जिज्ञासामा अध्यक्ष पराजुलीको भनाइ छ-  'उजुरी पत्र' सार्वजनिक फरक कुरा उजुरी  फरक भएको हुँदा आयोगको आन्तरिक मामलासँग जोड्न हुँदैन ।'  अध्यक्ष कमला पराजुली र सदस्य कृष्ण कुमारी खतिवडा बिच सम्बन्ध राम्रो नभएको उजुरी प्रति सामान्य अनुसन्धान नै नगरी जिल्ला जिल्ला प्रशासन कार्यालयमा लेखि पठाउने निकम्मा काम भएको हो ? भनी राखिएको प्रश्नमा पराजुलीको जवाफ थियो - 'पत्र कसरी सार्वजनिक भयो ? आयोग र   प्रेस काउन्सिलले छानबिन गरिरहेको छ । जहाँसम्म फौजदारी अभियोगका उजुरी लिने र सम्बन्धित निकायमा पठाउने गरेका छौँ  त्यसकै निरन्तरता मात्र हो ।'  

यो पनि 
इन्भेष्टमेन्ट मेगा बैङ्कको ऋणको साँवा ब्याज ताकेता गर्ने कर्मचारीलाई 'महिला हिंसा'को मुद्दा !?