कुमारी बैंकले ल्यायो ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा उद्यमी कर्जा योजना

कुमारी बैंकले ल्यायो ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा उद्यमी कर्जा योजना

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २२, २०८०

काठमाडौँ । कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको जनाएकाे  छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरुले व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा बैंकले विश्वस्त समेत व्यक्त गरेको  छ । 

अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिना झन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्साहन गर्नका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेछ । यस योजनाले साना तथा मझौला उद्यमहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्सहानका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।