बालकोटस्थित श्री आकर्षण समूहमा इन्दु शर्मा देवकोटा

बालकोटस्थित श्री आकर्षण समूहमा इन्दु शर्मा देवकोटा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०८०

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा क्रियाशिल सामाजिक संस्था श्री आकर्षण समूहको ०८० असार २३ गते पाँचौ  सम्पन साधरण सभाले इन्दु शर्मा देवकोटाका अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको निर्वाचन गरेकाे छ । 

समूहकी जेष्ठ सदस्य गंगा माया बरालको प्रमुख आतिथ्यमा सम्पन्न साधरण सभाले समूहको उपाध्यक्षमा शोभा कार्की, सचिवमा आकृति बुढाथोकी कोइराला, सहसचिवमा सरिता शर्मा, कोषाध्यक्षमा कृष्ण कुमारी थापा र सहकोषाध्यक्षमा तुलसा पाठकलाई निर्वाचित गरेकाे छ । त्यसैगरी सदस्यहरुमा सविता परियार, माया आचार्य र अजिता बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ । साधरण सभाले कमला शर्मा काफ्लेको संयोजकत्वमा तीन सदस्य रहेको ऋण समितिको समेत गठन गरेको छ । समितिका सदस्यहरुमा मधु अधिकारी र प्रमिला श्रेष्ठलाई चयन गरेको छ ।

साधरण सभा समूहकी अध्यक्ष गीता कार्कीको अध्यक्षता, सञ्चालन कमला शर्मा काफ्ले  र स्वागत मन्तव्य कमला बस्नेत गर्नु भएको थियो ।  साधरण सभा सफलताको शुभकामना स्थानीय समाजसेवी राम कार्की, बासुदेव देवकोटा र गंगा माया बराल लगायतले दिनु भएको थियो । निवर्तमान कार्यसमितिको तर्फबाट सचिव तथा कोषाध्यक्षको तर्फबाट समूहकी कोषाध्यक्ष कृष्ण कुमारी थापाले  प्रस्तुत गरेको  सांगठनिक तथा आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन समेत गरेकाे छ ।   

२०७४ सालदेखि सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा क्रियाशिल संस्था श्री आकर्षण समूहले महिलाहरुको क्षमता अभिबृद्धि र आयआर्जनमा सरिक रहँदै आएको छ भने समूहका सदस्यबाट नियमित बचत संकलन गर्दै समूहका सदस्यलाई  सुलभ कर्जा समेत उपलब्ध गराउँदै आएको छ । विगतमा सूर्यविनायक नगरपालिका वडा नं २ सँगको  सहकार्यमा  सिपमुलक तालिम समेत सञ्चालन गरि सकेको छ ।