गधाको दूधले नुहाउँथिन् महारानी क्लियोपेट्रा

गधाको दूधले नुहाउँथिन् महारानी क्लियोपेट्रा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

क्लियोपेट्रा भन्नेबित्तिकै सुन्दर र कामुकताको वर्णन हुन्छ । विश्वविख्यात हस्ती विलियम सेक्सपियर, जर्ज बर्नाड शा, ड्राइडनल लगायतका लेखकले उनको सुन्दरता र कामुकताको प्रंशसा गरेर कृति लेखेका छन् ।

ई.पू. ५० देखि ३१ सम्म मिश्रको शासनसत्ता सम्हालेकी महारानी हुन्, क्लियोपेट्रा । उनी युनानी थिइन् कि ककेसियस वा अफ्रिकी मूल की यो भने रहस्यमय नै छ । यति मात्रै होइन, उनको मृत्युको विषय पनि रहस्यमय नै छ ।

उनको सुन्दरताले यतिसम्म प्रभाव पारेको थियो की रोमका सम्राट जुलियस सिजर समेत उनको प्रेम जालमा फसेका थिए । तर, क्लियोपेट्रा जति सुन्दर र कामुक थिइन् त्यति नै क्रुर पनि थिइन् । उनले पहिले दुस्मनलाई आफ्नो सुन्दरताको जालमा फसाउँथिन् पछि सर्पले टोकाएर मारिदिन्थिन् ।

क्लियोपेट्राका विषयमा बिबिसीले उत्पादन गरेको ‘पोट्रेट अफ अ किलर’ डकुमेन्ट्री चर्चित छ ।

एउटा अचम्मको कुरा त के छ भने त्यति सुन्दर क्लियोपेट्राले सधैंजसो करिब ७ सय गधाको दूध संकलन गराएर नुहाउने गर्थिन् ।