ओली प्रतिष्ठान: बाल अस्पताललाई ५ लाख, चार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात खुट्टा वितरण

ओली प्रतिष्ठान: बाल अस्पताललाई ५ लाख, चार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात खुट्टा वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०८०

झापा । रुद्र-गौरी श्री- अम्बिका ओली प्रतिष्ठान भद्रपुर-७ झापाले झापालाई विभिन्न सामाजिक गतिविधि मात्र समाजसेवा गर्दै आएकाे छ । यसै बर्ष मात्र  प्रतिष्ठानले रेडक्रस दमकको भवनमा निर्माणाधिन एवं संचालनमा रहेको दमक बाल अस्पताल ५ लाख अनुदान दिनेदेखि चार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात खुट्टा वितरण गर्नेदेखि  २५ विद्यार्थीहरुलाई तयारी स्काउट कपडा वितरण समेत गरेकाे छ । 

रुद्र-गौरी श्री- अम्बिका ओली प्रतिष्ठान भद्रपुर-७ झापाले रेडक्रस दमकको भवनमा निर्माणाधिन एवं संचालनमा रहेको दमक बाल अस्पताललाई हालै एक समारोह बीच ५ लाख रुपैयाँको चेक हालै हस्तान्तरण गरेकाे प्रतिष्ठानले जनाएकाे छ । 

 प्रतिष्ठानका दाता एवं प्रमुख संरक्षक स्व. श्रीप्रसाद ओली र उहाँकी धर्मपत्नी स्व.अम्बिका देवी ओलीको स्मृति स्वरुप बाल अस्पतालका परिकल्पना कार एवं प्रणेता डा. भगवान कोइरालालाई  चेक अस्पताल परिसरमै ५ लाख राशीको चेक हस्तान्तरण गरिएको हाे । 

 प्रतिष्ठानका अनुसार चेक हस्तान्तरण गर्न   प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली, महासचिव तुलसीराम ओली, कोषाध्यक्ष यज्ञराज ओली,कार्यसमिति सदस्य नारायण प्रसाद ओली जानु भएको थियो भने रेडक्रसका बर्तमान अध्यक्ष प्रकाश बुढाथोकी, पूर्व अध्यक्ष लिला गुरागाईं, बाल बिज्ञ डाक्टरहरु, परिचारक तथा  कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस भन्दा अधि पनि  अगाडि अध्यक्ष गंगाप्रसाद शारदा देवी ओलीबाट श्रीप्रसाद अम्बिका देवी ओलीको स्मृतिमा  ५  लाख को चेक हस्तान्तरण गरि सक्नु भएको छ।

त्यसैगरी प्रतिष्ठानले ७२ औं स्काउट दिवसका अवसर पारेर  श्री जन आदर्श मावि शिवसताक्षी नगरपालिका ६ शिवगंजका  १७ जना छात्रा र ८ जना छात्र गरि जम्मा २५ विद्यार्थीहरुलाई तयारी स्काउट कपडा(युनिफर्म),जुत्ता र मोजा बितरण गरेको थियो । 

विद्यालयका प्रअ  तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा  वडा अध्यक्ष  मनोज खुलालको प्रमुुख आतिथ्यता युनिफर्म वितरण सम्पन्न भएको थियो । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष   विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, शिक्षकहरु, संचारकर्मी   एवं विद्यार्थीहरुको सहभागीतामा रहेको कार्यक्रमको सञ्चालन  स्काउट शिक्षक  भक्ति काफ्लेले गर्नु भएको  थियाे । 

यसअधि प्रतिष्ठानले नै  मेची नगरपालिकाको बौद्ध मोड स्थित ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भारत उदयपुरको नारायणी सेवा संस्थाको प्राबिधिक एवं ९८ जना व्यक्तिहरुलाई निशुल्क कृत्रिम हात खुट्टा प्रदान गर्ने कार्य गरिसकेको छ । रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुर-११को आर्थिक सहयोग र प्रतिष्ठानकी संस्थापक कार्य समिति सदस्य तुलसा देवी ओलीद्वारा चार थान ह्विल चेयर प्रदान गर्नु भएकाे थियो । 

नेप इण्डिया फाउण्डेसन कालिम्पोङको समन्वय र रोजी फाउण्डेसनको संलग्नतामा प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राणाको प्रमुख आतिथ्यता ह्विल चेयर प्रदान गर्ने कार्य  सम्पन्न भएकाे थियो ।