हाइड्रोजनबाट चल्ने पहिलो एयरक्राफ्ट

हाइड्रोजनबाट चल्ने पहिलो एयरक्राफ्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

काठमाडौ‌ं, एजेन्सी । अमेरिकाको लस एन्जेल्स स्थित टेक्नोलोजी फर्म, अल्का आई टेक्नोलोजीले  हाइड्रोजन इन्धनले चल्ने  मल्टी रोटर एयरक्राफ्टको नमूना सार्वजनिक गरेको छ । 

कंपनीले लस एन्जेल्स शहरको न्युबेरी पार्कमा बीएमडब्ल्यु ग्रुपको डिजाइनवर्क स्टुडियोमा यसको प्रदर्शन गरेको हो । यो एयरक्राफ्टमा पाँच जनासम्मले  सवार गर्न सक्छन् । 

कंपनीका अनुसार हवाई यातयातका लागि यो शुन्य वायु उत्सर्जन मोडमा बनेको निजी वाहन जस्तै हो ।

कुइरोका कारण भिजिबिलिटी कम भएर हुने लामो जामका लागि यो ज्यादै उपयोगी सावित हुने कम्पनीको दावी छ ।

कम्पनीले यसलाई हाइड्रोजन इन्धनले चल्ने संसारको पहिलो एयरक्राफ्ट भएको दावी गरेको छ । सन् २०२१ सम्म पहिलो मोडल बिक्रीका लागि बजारमा आइसक्ने पनि  कंपनीको दावी छ ।