कुमारी बैंक र वर्ल्ड कम्युनिकेशन सेवाहरुमा विशेष छुट दिने सम्झौता

कुमारी बैंक र वर्ल्ड कम्युनिकेशन सेवाहरुमा विशेष छुट दिने सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २७, २०८०

काठमाडौँ । कुमारी बैंक लिमिटेड र वर्ल्ड कम्युनिकेशन  लिमिटेड बीचमा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वर्ल्ड कम्युनिकेशनका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको बैंक  जनाएको छ । 

बैंकका अनुसार यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरु मध्ये वर्ल्ड कम्युनिकेशनको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५५ सम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५५ छुट पाउनेछन् । यो छुट प्राप्त गर्न लाई ग्राहकहरुले आफ्नो Kumari Smart Mobile Banking App वा आफ्नो कुमारी बैंक को डेबिटरक्रेडिट कार्ड बाट भुक्तानी गर्नुपर्ने छ।  

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ध्यचमिष्लिप ऋयmmगलष्अबतष्यलक को सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो। 

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए.टि.एम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।