'चिसो मान्छे'  डिशहोममा विशेष  प्रदर्शन हुँदै

'चिसो मान्छे'  डिशहोममा विशेष  प्रदर्शन हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार ३०, २०८०

काठमाडौँ ।  समसामयिक विषय वस्तुमा बनेको नेपाली चलचित्र 'चिसो मान्छे'  डिशहोममा विशेष  प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमा घरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने व्यवस्था  मिलाएको डिशहोम जनाएको छ । 

'चिसो मान्छे'  सिनेमा घर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं. १०८ को टिकट निशुल्क पाउन सकिनेछ । 

डिशहोमका अनुसार  ३ महिना अथवा  एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नुहुनेछ ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।