ट्विटरले १९ करोड प्रयोगकर्ताको खाता जाँच गर्ने

ट्विटरले १९ करोड प्रयोगकर्ताको खाता जाँच गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले १९ करोड प्रयोगकर्ताको खाता जाँच गर्ने भएको छ ।

माइक्रो ब्लगिङ साइटको एक पारदर्शिता रिपोर्टमा यसबारे जानकारी दिइएको हो ।

यसले फर्जी खाता बनाएर ट्विटर दुरुपयोग गर्ने प्रवृत्ति रोक्न सकिने ट्विटरको दाबी छ ।

ट्विटरले ‘एन्टी–स्पैम च्यालेन्ज’ प्रयोगकर्ताको खाता जाँच गर्दैछ । यो प्रक्रियामा ट्विटरले प्रयोगकर्ताको खातामा उल्लेख भएको फोन नम्बर वा इमेल ठेगानाबाट भेरिफिकेसन गर्न लगाउनेछ । वास्तविक ट्विटर प्रयोगकर्तालाई यो चुनौती सरल हुनेछ । तर, दुर्नियतले ट्विटर खाता खोलेका प्रयोगकर्ताका लागि भने यो कठिन हुनेछ ।

रिपोर्टमा निर्धारित अवधिमा खाता भेरिफिकेसन नगर्ने प्रयोगकर्ताको खाता निलम्बित गर्ने बताइएको छ ।

सन् २०१८ को पछिल्ला ६ महिनामा १९.३५ करोड प्रयोगकर्तालाई खाता भेरिफिकेसन गर्न भनेको ट्विटरले जनाएको छ ।

यस्तै, ट्विटरले ६ महिनामा साइनअप गर्ने नक्कली खाताबारे पत्ता लगाउन चासो दिएको जनाएको छ ।

यो खबर समाचार एजेन्सी आइएएसएनको सहयोगमा तयार पारिएको हो ।