वैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह ‘एक्सोप्लानेट’

वैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह ‘एक्सोप्लानेट’

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

काठमाडौं, एजेन्सी ।  खगोल वैज्ञानिकहरुले एउटा नयाँ ग्रह ‘एक्सोप्लानेट’को खोजी गरेका छन् ।

एक्सोप्लानेट अर्थात यस्तो ग्रह जो सूर्यको अलावा अरु ताराको परिक्रमा गर्छ ।

यसका यति धेरै विशेषताहरु छन् कि जसका कारण यसलाई फरबिडन प्लानेटको नाम दिइएको छ । 

यस ग्रहको प्राविधिक नाम एनजीटीएस ४ बी हो ।

यसको आफ्नै वायुमण्डल छ जुन वुध ग्रहभन्दा पनि तातो छ ।

मंथली नोटिसेस अफ रोयल एस्ट्रोनमिकल सोसाइटी नामक जर्नलमा यो ग्रहको बारेमा भएको अध्ययन प्रकाशित भएको छ । 

यो ग्रह वरुणको मरुभूमी क्षेत्रमा फेला परेको हो ।

यस क्षेत्रमा तातो र विकिरण यति धेरै छ कि ग्यासयुक्त वायुमण्डल भएको ग्रह अस्तित्वमा रहन सक्दैन् ।

विकिरणका कारण विस्फोट हुने हुनाले यहाँ केवल चट्टानको मात्र अस्तित्व बाँकी रहन्छ ।

यति हुँदा हुँदै पनि हाल पत्ता लागेको ग्यासयुक्त ग्रहको अस्तित्व यहाँ देखिनु भनेको अचम्मको कुरा हो जसले वैज्ञानिकलाई पनि अचम्ममा पारिदिएको छ । 

यस्ता छन् एक्सोप्लानेटका विशेषता 

पृथ्वी भन्दा तीन गुना ठूलो  
पृथ्वीबाट ९२० प्रकाश वर्ष टाढा  
१८३२ डिग्री फरेनहाइट तापक्रम  
वरुण भन्दा २० गुना सानो