संसारको सबैभन्दा सानो शिशु

संसारको सबैभन्दा सानो शिशु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको स्यान्डियागो स्थित एक अस्पतालमा वजन तथा शरीरको हिसाबले संसारको सबैभन्दा सानो शिशुको जन्म भएको छ । नवजात बालिका सेबाईको जन्मदाँ तौल २४५ ग्राम थियो भने शरीर स्याउ भन्दा पनि सानो भएको अस्पतालले जनाएको छ ।

अमेरिकाको आइओवा विश्वविद्यालयको साना शिशुको दर्ता किताबमा उनको नाम संसारमा जीवित सबैभन्दा सानो शिशुको रुपमा रहेको छ । 

स्यान्डियागोको शार्प मैरी बिर्च अस्पतालका अनुसार आजभन्दा पाँच महिना अघि, डिसेम्बर २०१८ मा शिशुको जन्म भएको हो । जन्मिएको पाँच महिनासम्म उनको उपचार चलेको थियो । अहिले शिशुको अवस्थामा सुधार आएपछि अस्पतालले उनलाई घर पठाएको छ । 

सेबाईको जन्म गर्भ रहेको २३ हफ्तामा भएको थियो । जबकि एउटा सामान्य शिशुको जन्मको समय भनेको ४० हफ्ता हो ।

शिशुको तौल अत्यन्त कम भएका कारण डाक्टरले उनका बाबुलाई बालिकालाई हेर्ने समय भनेको केवल एक घण्टामात्रै हो भनेका थिए । 

अस्पतालले शिशुको आमाको एक भिडियो पनि जारी गरेको छ । भिडियोमा उनले भनेकी छन्, डाक्टरले शिशु एक घण्टासम्म मात्र जीवित रहन सक्ने बताएका थिए । तर बिस्तारै डाक्टरको कोशिशले एक घण्टा, दुई घण्टा हुँदै बच्ची केही दिन तथा केही हफ्तासम्म  जीवित रहन सफल भइन् । डाक्टरहरुलाई पनि शिशु जीवित रहनेमा आशंका भएका कारण उनको जीवन घण्टा, दिन र हफ्तामा गणना गरिएको हो । 

अस्पतालको आईसीयुमा पांच महीना राखेपछि शिशुको तौल २.२ किलो पुगेको थियो त्यसपश्चात उनलाई डिस्चार्ज गरिएको थियो । 

अस्पतालमा सेबाईको रेखदेख गर्ने नर्स किम नोर्बीका अनुसार शिशु जीवित रहनु कुनै चमत्कार भन्दा कम होइन् । 

अर्की एक नर्स एमाका अनुसार सेबाई जन्मँदा यति सानो थिइन कि विच्छ्यौनामा देखिने पनि थिएन । उनी यति सानी थिइन कि हत्केलामै हराउँथिन, एमाले भनिन् । 

यसभन्दा अघि अक्टोबर २०१८ मा टोकियोको एक अस्पतालमा सबैभन्दा कम वजन भएको बच्चाको जन्म भएको थियो । जन्मँदा बालकको तौल २५८ ग्राम थियो । ६ महिना सम्मको उपचार पछि बालकको तौल ३ किलो पुगेको थियो । 

यसभन्दा पहिले पनि यो रेकर्ड जापानको एक बालकको नाममा थियो, जन्मँदा उनको तौल २६८ ग्राम थियो ।