मौद्रिक नीति २०८०/८१ : सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी कस्का लागि ?

मौद्रिक नीति २०८०/८१ : सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी कस्का लागि ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०८०

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति एक समारोह बीच सार्वजनिक गरेको छ ।

सरकारले बजेट ल्याए सँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले सरकारको आर्थिक नीतिलाई नै सहयोग गर्ने गर्ने गरी मौद्रिक नीति ल्याएको दाबी गरिएको छ । हरेक वर्ष बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । 

चालु आर्थिक वर्षको बजेटमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । सरकारको सो लक्ष्य पूरा गर्ने गरी मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन्  । 

अर्थतन्त्रका सबै पाटालाई केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्न नीति तर्जुमा गर्ने परम्परा छ । 

वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता बढाउने तर्फ मौद्रिक नीतिको प्राथमिकता रहेको समेत गभर्नर अधिकारीले जानकारी दिएका छन्  । ठूला कर्जाहरूको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधि केन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवद्र्धन गर्नेतर्फ मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी नियामकीय नीतिहरू तर्जुमा गरिएको गभर्नर अधिकारीको दावी छ । 

राष्ट्रको महत्वपूर्ण वित्तीय स्रोतलाई मुलुकको उत्पादन, रोजगारी, वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई बलियो बनाउने उद्देश्यले निर्माण गरिने नीति नै मौद्रिक नीति हो । सामान्य रूपमा भन्ने हो भने मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । जसबाट केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिले परोक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारीलाई प्रभावित बनाउँछ ।

मौद्रिक नीतिलाई उत्पादन केन्द्रित गर्दै ब्याजदर घट्ने बैंक नीतिगत दर र ब्याजदर करिडोरहरुलाई परिमार्जन गरिएको गभर्नर अधिकारीले उल्लेख गरे । घरजग्गा, धितोपत्र बजार र सवारी कर्जा जस्तो क्षेत्रमा जाने कर्जाको उच्च जोखिम भार कायम गरिएको भन्दै विरोध भइरहेको छ । यो समस्यालाई सम्बोधन गर्दै जोखिम भारको नीतिमा केही परिमार्जन गर्ने राष्ट्र बैंकले नीति लिएको छ । यद्यपि, १५० प्रतिशतसम्म पुर्‍याइएको जोखिम भार कति घट्छ भन्ने स्पष्ट पारिएको छैन । 

मौद्रिक नीतिका महत्वपूर्ण पक्ष :

राष्ट्रको महत्वपूर्ण वित्तीय स्रोतलाई मुलुकको उत्पादन, रोजगारी, वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई बलियो बनाउने उद्देश्यले निर्माण गरिने नीति नै मौद्रिक नीति हो । सामान्य रूपमा भन्ने हो भने मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । जसबाट केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिले परोक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारीलाई प्रभावित बनाउँछ । देशको वित्तीय क्षेत्रका विभिन्न नीति–नियमहरू मौद्रिक नीतिमा एकीकृत ढंगले आएका हुन्छन् । महंगी नियन्त्रण हुन्छ वा हुँदैन भन्ने कुरा पनि मौद्रिक नीतिले कति काम गर्छ भन्ने कुरा अगामी दिनेले देखाउँछ ।