दिल्लीमा महिलालाई सार्वजनिक यातायात निःशुल्क गर्ने केजरिवालको घोषणा

दिल्लीमा महिलालाई सार्वजनिक यातायात निःशुल्क गर्ने  केजरिवालको घोषणा

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २०, २०७६

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले दिल्लीमा महिलालाई सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेका छन् ।

उनले डिटिसी र क्लस्टर बस तथा मेट्रोमा महिलाका लागि निःशुल्क यात्राको व्यवस्था गरिने घोषणा गरेका हुन् । यो व्यवस्था दुई–तीन महिनामा लागू गर्ने उनको भनाइ छ । उनले महिला चाहे टिकट किनेर नै यात्रा पनि गर्न सक्ने बताएका छन् । दिल्ली मेट्रोलाई यसबारे बताइसकेको उनको भनाइ छ ।

दिल्ली सरकारका अनुसार यो व्यवस्था लागू गर्न यो वर्ष सात सयदेखि आठसय करोड रूपियाँ खर्च लाग्न सक्छ । यो खर्च दिल्ली सरकारले नै व्यहोर्नेछ ।

बिबिसीका अनुसार दिल्लीमा सरकारी बसमा ४० लाख मानिसले यात्रा गर्ने र त्यसमा ३० प्रतिशत महिला छन् ।