उपप्रमुख नै नगरप्रमुखको कार्यकक्ष अगाडि धर्नामा !

उपप्रमुख नै नगरप्रमुखको कार्यकक्ष अगाडि धर्नामा !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २१, २०७६

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन्  । 

नगरपालिकाको विशेष नगरसभाको माग गर्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुल धर्ना दिनुभएको हो । 

२०७६साल जेठ १६गते बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगर सभा माग गरेका जनप्रतिनिधिहरूले नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बेवास्ता गरेको भन्दै २०७६ साल जेठ २० गते सोमाबमरका दिन नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका हुन । 

दिउँसो २ बजेबाट सुरु भएको धर्ना कार्यक्रम साँझ ७ः३० बजेसम्म चलेको थियो । जनप्रतिनिधिहरूले नगरप्रमुख श्रेष्ठलाई कार्यकक्षबाहिर जान नदिई धर्ना बसेका थिए । 

यसरी धर्नापछि नगरप्रमुख श्रेष्ठले उपप्रमुखलगायतको विशेष नगरसभाको माग पत्र दर्ता गर्ने तोक आदेश दिएको वडा नं १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभएको छ । 

उपप्रमुख मधुकर्मी लगायत नगरपालिकाका ३५ जनप्रतिनिधिहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९१९० को उपदफा ९३० र ३ नं प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम नगरका विभिन्न पाँच वटा विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगर सभा बोलाउन माग गर्नु भएको थियो ।  

 नगरपालिकाले उठाउँदै आएको करको दर समसामयिक बनाई पुनरावलोकन गर्न, भौतिक पूर्वाधार विकासको (मापदण्ड) संशोधन सम्बन्धमा, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा (क) मा भएका नगरप्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगरप्रमुखले काम गरेको लगायतका आरोप लगाइएको छ ।