डिशहोम गो एपमा चर्चित कोरियन सिरिजहरू समावेश

डिशहोम गो एपमा चर्चित कोरियन सिरिजहरू समावेश

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ९, २०८०

ललितपुर । ‘डिशहोम गो  एप' मा लोकप्रिय कोरियन सिरिजहरू समावेश गर्ने भएकाे छ । 

डिशहोमका अनुसार विश्वभरका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले  ‘डिशहोम गो  एप'  (DH GO App)  मा लोकप्रिय कोरियन सिरिजहरू समावेश गरेको छ ।

Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि जस्ता चर्चित कोरियन सिरिजहरू डिशहोमको GO App मा उपलव्ध रहने समेत डिशहोमले जनाएको छ  । यी कोरियन सिरिजहरूले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यस्तै डिशहोमको GO App  मा १५० भन्दा बढि लाइभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याच अप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिने समेत जानकारी गराइएको छ  । 

‘डिशहोम गो  एपमा लाइभ टिभीसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने पनि डिशहोमले जनाएको छ ।