प्रभु बैंक लिमिटेड र पिजफाइर रेष्टुरेन्टका बिच छुट गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर

प्रभु बैंक लिमिटेड र पिजफाइर रेष्टुरेन्टका बिच छुट गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ९, २०८०

काठमाडौँ ।  प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका अनुसार  बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक  शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फ बाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर  महेश खत्री द्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरि रहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरू तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्ट द्वारा प्रदान गरिने 'फुड' र 'वेभरेज' सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको क्यु.आर.कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान  गरिने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।