एनआरएनए पोल्याण्डको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

एनआरएनए पोल्याण्डको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०८०

यूरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोल्याण्डको उपाध्यक्ष पदमा कुल बहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिको सचिव रहेका श्रेष्ठले आगामी २०२३–२५ को कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी नेपाली समाज पोल्याण्डका सक्रिय युवा अगुवा समेत हुन् ।

संस्थामा रही धेरै सेवाका कार्य गर्न र संस्थालाई थप मजबुत बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए। आफूले पोल्याण्डबासी नेपालीको विश्वासमा आँच आउने काम कहिले पनि नगर्ने भन्दै पञ्जिकृत सदस्यहरूलाई सोच विचार गरेर सही र सक्षम व्यक्तिलाई निर्वाचित गराउन अनुरोध गरेका छन्।

जुलाई ३० तारिखका दिन एनआरएनए पोल्याण्डको सातौं

राष्ट्रिय महाअधिवेशन हुदैछ । एनआरएनए पोल्याण्डको ५८४ जना पञ्जिकृत सदस्य बनेका छ