लोकसंवाद संवाददाता | दृष्टिकोण | श्रावण १२, २०८०
गीतको एक अंश, कविताको एक पङ्क्ति, संस्कृतको कुनै श्लोक अथवा भनौं कसैको प्रसिद्ध वाणी या उक्तिबाट कुनै पनि लेखन या श्रव्यदृश्य सामग्रीको सुरुवात गर्ने आम प्रचलन त छँदैछ । तर लघुकथा ? सायद लघुकथाको कद सानो हुने भएकोले हुन पनि सक्ला । तब त आफ्नै एउटा सानो लघुकथाबाट सुरु गर्छु यो आलेखमा । प्रस्तुत छ छोटो एउटा लघुकथा ।
श्री सरस्वती उच्च माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थीहरुको वनभोज कार्यक्रम थियो । वर्षौं वर्ष पछि जुरेको भेटघाट । नाच्नु गाउनु चलिरहेको छ । तास खेल्ने देखि टिकटक बनाउने सम्म सबै ब्यस्त नहुने कुरै भएन । प्राय प्राय सबै जसो विदेशबाटै आएका मानिस थिए ।
सिरिजंग बोल्यो 'उता यूकेमा त कहाँ जथाभावी बाटो काट्न पाइन्छ र ? तोकिएकै ठाउँबाटै बाटो काट्नु पर्छ'
तारा बोलिन् ' हो नि ! उता अष्ट्रेलियामा रोडमा फिटिक्कै मैला गर्नु पाईंदैन । रोडहरू खुबै साफसुघर हुन्छन्'
मोहित राम बोल्यो 'हो भन्या ! क्यानडामा सार्वजनिक स्थलमा होहल्ला गर्न पाइँदै पाइँदैन । एकदम स्टिक छ ।'
राधेश्याम बोल्यो 'अनि जापानमा चाहिँ काममा एक मिनेट पनि ढिलो जान पाइँदैन । समयको पक्का हुनु पर्छ ।'
अरु हरुले पनि आफु बसेको र रहेको देशमा के के गर्न पाइँदैन भनेर पालैपालो ओकल्दै गए । थप्दै गए ।धाक धक्कु बढ्दै गयो ।विदेशको नाममा इन्डिया समेत नपुगेको धिरजले निकै बेर यो सब चुपचाप सुनिरह्यो । अन्तमा केही बोल्नै पर्ने ठानेर यति बोल्यो ' हैन हौ साथी हो ! यी सब कुराहरु नेपालमा चै कहाँ गर्न पाईन्छ त? हामी गर्छौं त्यो हाम्रो तुच्छ व्यबहार हो तर अहँ, नेपालमा पनि यी सब कुराहरु बिल्कुलै गर्न पाइँदैन ।' सबै जना एक अर्कालाई हेराहेर गर्दै तैँचुपमैचुप भए ।
कथा यत्ति न हो । संकेतहरु धेरै छन् । कुरा आफ्नो अनुभवबाट सुरु गर्छु । म आफु 'कोरियामा कर्म गरिरहेको वर्षौं भएको छ । एकपटक स्थानीय पसल बाहिर एक जना नेपाली भाइसँग भेट भयो । चिनजान भयो गफसफ भयो । ऊ कोरिया आएको केही हप्ता मात्र भएको रहेछ । कुरै कुरामा भाइले आफुले भर्खरै खाइसकेको कफीको पेपर कप र बिस्कुटको खोल फोहोरको भाँडोमा लगेर मिलाएर हाल्यो । मैले जिस्काएँ ' भाइ त ज्ञानी रै छौ त ! उसले मतिर हेर्दै बडो फुर्ती साथ भन्यो 'कोरियामा जहाँ तहीँ फोहोर फाल्न पाइँदैन नी !! दाजु ! यो सब त नेपालबाटै पढेर बुझेर आ को ' मैले फिस्स हाँसेर 'हो र !!! ल ल मात्रै भनेँ ।
कोरिया आउनासाथ त्यही नेपाली साथीहरु यो देशमा यो यो चिज गर्न पाइन्न है भनेर सबै भलीभाँती जानकार हुने । छुट्टी हुँदा भेटघाटमा यस्तै गफगाफ प्राय चल्ने गर्छ । जस्तो कि कोरियामा समुन्द्र घुम्न जाँदा कुनै युवतिको अनुमती नलिइ फोटो खिच्न पाइन्न । कसैको कोठामा सुरुमा ढकढक नगरी पस्न पाइन्न । अथवा कोरियाको कुनै पनि रेस्टुरेन्ट भित्र चुरोट तान्न पाइन्न आदि इत्यादि ।
एक किसिमले यो देशमा के के गर्न पाइन्न भनेर आफुलाई भएको जानकारी अरुलाई सुनाउने होडबाजी चल्ने गर्छ यहाँ । अनि आउँछ अर्को नेपाली र नेपालकाे बन्दामी पक्ष अर्थात् अमिलो भाग । त्यो भागमा चाहिँ नेपालको खुब निन्दा गरिन्छ । जस्तै 'नेपालमा त सबथोक चल्छ । सिस्टम नै छैन । जे गरे पनि हुन्छ ' त्यसमा अर्कोले थप्छ 'मैले एक पटक ठेलागाडाको टपरी म म खाएर पैसा नतिरी चल्देको भन्या' त्यसपछि सुरु हुन्छ आफले गरेको बदमासीको साविती बयान ।
फलानो देशमा त यसो यसो गर्न पाईन्छ ,उसो उसो गर्न पाइन्न भन्ने खालका कुराकानीहरू । युरोप अमेरिकामा यो यो चिज गर्न पाइन्न भन्ने जस्ता गफहरू । अनि साथसाथै सुन्नै भएको होला नेपालमा चाहिँ सब चल्छ जस्ता अभिव्यक्तिहरु। अनि मेरो जस्तै तपाईंको मनमा पनि बिझेको होलान् ! त्यसैले अब पक्का सोच्ने बेला भएको छ । देशको कानून नै फितलो छ भनेर कति बहानाबाजी गरिरहने ? मैले पालना गरेर के गर्नु अर्कोले गर्दैन भनेर पनि कहिलेसम्म अकर्मण्यता देखाइरहने ?
जस्तै ' झ्याप्प भएर बाइक चला को हगी ! घर पुगेकै थाहा पाइन छु' जस्तै 'होलीमा कम्ता मजा हुन्थ्यो केटीहरुलाई लोलाले हान्दा' आदि इत्यादि । अन्तमा सबैको निक्र्यौल एउटै हुन्छ । नेपालमा जे गर्न नि पाइन्छ । मिल्छ,चल्छ, भइराखे कै छ ।
कोरिया मात्र हैन अरु विकसित देशहरुबाट पनि यस्तै यस्तै अनुभूतिहरू सुन्न पाइए कै छ । । मेरो एक जना साथी छ
नर्वेमा । फोन गरेर सुनाउँछ कि 'बुझिस् त ए होइ ! नर्वेमा त युनिभर्सिटी परिसरभित्र चुरोट बिल्कुलै खान पाइन्न । तीन किलोमिटर साईकल चढेर गेट बाहिर गएर खानु पर्छ । कहाँ नेपाल जस्तो हुने रैछ र ! मैले मनमनै कल्पना गरेँ दिनहुँ साइकलमा तीन किमि टाढा गएर कसले चुरोट तान्ने झन्झट उठाइस् । बरु बानी छुट्ने रहेछ बरा बिचराहरुको ।
क्यानडा भएको एक जना साथी रक्सीले मात्यौ कि मलाई फोन गरिहाल्छ । ' ए मो रा काममा छु अहिले फोन राख भन्छु । त्यस्ता नाथे कोरिया सोरिया छोड् दे ।आइज क्यानडा । यहाँ त पबहरु यति छन् कि जति पिए पनि भै गो, जुन सुकौ ब्रान्ड पिए पनि भै गो । बस् मातेर लफडा चाहिँ गर्न पाइन्न है नेपालमा जस्तो' भन्छ । मैले पिउन छोडेको वर्षौं भैसकेको कुरा साथीलाई सुनाएर कि दुःखी बनाउनु भनेर 'ल ल हुन्छ हुन्छ बरु भिसा चाहिँ गोल्डेन पठा है' भनेर टार्ने गरेको छु । बरु मनमनै सोच्ने गरेको छु । नेपालमा मातेपछि जहाँ खायो त्यहीँ साहु जीसँग लफडा गर्ने बानी परेको मेरो साथीलाई क्यानडाको बसाइले सुधार्यो होला कि ? बेस नै भयो ।
तपाईंहरुले पनि कहिले न कहिले सुन्नै भएको होला । फलानो देशमा त यसो यसो गर्न पाईन्छ ,उसो उसो गर्न पाइन्न भन्ने खालका कुराकानीहरू । युरोप अमेरिकामा यो यो चिज गर्न पाइन्न भन्ने जस्ता गफहरू । अनि साथसाथै सुन्नै भएको होला नेपालमा चाहिँ सब चल्छ जस्ता अभिव्यक्तिहरु। अनि मेरो जस्तै तपाईंको मनमा पनि बिझेको होलान् ! त्यसैले अब पक्का सोच्ने बेला भएको छ । देशको कानून नै फितलो छ भनेर कति बहानाबाजी गरिरहने ? मैले पालना गरेर के गर्नु अर्कोले गर्दैन भनेर पनि कहिलेसम्म अकर्मण्यता देखाइरहने ? माथिको कथामा धिरजका अभिव्यक्तिले दिएको दनकले बाँकी पात्रहरु रन्थनाएका छन् । हो ठीक हामी पनि सबैले एक पटक धिरज भएर सोच्ने कि? उनीहरूलाई सिस्टमले ठीक पारे होलान् , हामीहरु सिस्टमलाई नै ठीक पारि दिऊँ कि ?
छोड् दिनुहोस् कानुन एक छिनलाई । भएन रे ल देशको सिस्टम । तर छ नि त हाम्रो आफ्नो बुद्धि विवेक । छ नि त हामी भित्र एउटा एउटा सुन्दर व्यक्तिगत मन । छन् नि त हाम्रा हात गोडाहरू सवल ।
अब हामी नै सोचौँ त । नेपालमा पनि ढिलासुस्ती गर्न, जथाभावी बाटो काट्न, जहाँजहाँ फोहोर फाल्न, होहल्ला मच्चाउन, युवतीहरुलाई बाटोबाटै जिस्काउ, बुङ्बुङती जहाँसुकै चुरोट तान्न, पाइन्छ त ? पाइन्छ र पाइँदैन ?
खोटाङ हाल दक्षिण कोरिया ।