कुमारी बैंक : २ नयाँ शाखा कुलेश्वर र  धुम्बाराही सञ्चालनमा

कुमारी बैंक : २ नयाँ शाखा कुलेश्वर र  धुम्बाराही सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ११, २०८०

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं वडा नं १४ मा रहेको कुलेश्वर र वडा नं ०४ मा रहेको धुम्बाराही शाखाहरु २०८० साउन १० गतेबाट सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार  बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो। बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।