एजेन्डा विहीन काँग्रेस :माओवादीलाई शिरमा राखेर सत्ताका लागि जनमत गुमाउन तयार

एजेन्डा विहीन काँग्रेस :माओवादीलाई शिरमा राखेर सत्ताका लागि जनमत गुमाउन तयार

डिल्ली बि.सी.  |  दृष्टिकोण  |  श्रावण १३, २०८०

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक यसै हप्ता सम्पन्न भयो । करिब एक वर्ष पहिला २०७९ असोज २८ गते पछि यही साउन २ देखि १० गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो । बैठक बस्नु भन्दा पहिला सर्वाधिक चर्चा भयो अब काँग्रेस आफ्नो आदर्श भन्ने राष्ट्रियता, लोकतन्त्र र समाजवादका बारेमा महत्वपूर्ण कार्यभार सहितको निर्णय ल्याउँछ भन्ने थियो । र नेपाली राजनीतिमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ भन्ने आम राजनीतिक वृत्तमा चर्चाको विषय पनि भयो । निर्वाचनमा जारी गरेको घोषणापत्रमा भनिएको ‘कोखदेखि शोकसम्म’ प्रतिवद्धता पुरा गर्ने अँठिला कार्यक्रम सहित काँग्रेस गाउँ पस्ने अनुमान गरिएको थियो ।

भयो त के  केन्द्रीय समितिको बैठकको सुरुवात प्रविधिको प्रयोग गरेर आम नागरिकको पहुँचमा हुने गरी प्रत्यक्ष प्रसारण समेत गरेको थियो । राजनीतिक वृत्तमा के काँग्रेसमा साँच्चिकै लोकतन्त्रको अभ्यासको सुरुवात भयो त भन्ने प्रश्न पनि उठेको थियो । के अब काँग्रेस जनहरू आफ्नो आदर्श अनुसारको राजनीतिक कार्यक्रम गर्न पाउने छन् भन्ने पनि थियो । यस्तै काँग्रेस राष्ट्रियता भन्ने शब्दलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने भयो भन्ने प्रश्न उठेको थियो । यी सबै कुरा भन्दा माथि अब काँग्रेस संगठनमा समाजवाद, सत्ता संचालनमा समाजवाद र राष्ट्रिय तथा अन्तराष्ट्रिय सवालमा समाजवादका आधारमा कार्यक्रम र व्यवहार गर्ने भयो भन्ने सबैमा कौतुहलता थियो । 

बैठकका निर्णय जब सार्वजनिक भए अनि ती सबै लोक हित कारी चिन्तन गर्ने र काँग्रेस नेता, नेतृत्वको व्यवहार सुध्रिएको, काँग्रेसको इतिहासको विरासतलाई वर्तमान र भविष्यमा जनहितमा कार्यान्वय भएको र सशक्त संगठन निर्माण भएको हेर्न चाहनेका सपनामा खिया लगायो । निम्छरो निर्णय बोकेर इतिहास र लोकतन्त्रका हिमायती केन्द्रका गाउँले नेता गण काठमाडौँबाट ओठ लेप्य्राउँदै जिल्लातिर लागे । नेपाली काँग्रेसमा एकछत्र सभापतिको नियन्त्रमा छ भन्ने कुरामा कसैले शंका गर्ने वा प्रश्न गर्ने ठाउँ रहेन, किनकी बैठकमा नेतृत्वको गुण गान सर्वव्यापी छताछुल्ल देखियो ।

कही कतै प्रश्न उठाइमा भोलिको मेरो त्यो सांसद, मन्त्री पद सफाचट हुन्छ भन्ने मनोभावना सबैभन्दा बलियो देखियो । विकल्प पनि साह्रै कमजोर देखियो । तर अहिले नै यो आँकलन गर्नु कमजोर हुने छ । हिजो त्यही काँग्रेस हो, हालका सभापतिले तत्कालिन सभापतिका कार्यशैलीमा प्रश्न गर्दा आजको पार्टी भित्रका विपक्षहरूको भन्दा दयनीय अवस्था थियो । त्यो सबै भुक्त भोगी काँग्रेस जनका लागि सम्झाउनु पर्ने कुरा हैन । केवल प्रश्न यति मात्रै हो कि काँग्रेस यही निर्णय र यही अडानमा रहने हो भने अब इतिहास घोटेर वा घोकेर सत्ता वादबाट धेरै समयका लागि हात धुनु पर्ने संकेत देखिएको छ ।

आजदेखि हैन, कम्युनिष्टले काँग्रेस प्रतिष्पर्धा गर्न लायक काँग्रेस होस भन्ने सोच त २००६ सालमै नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टीको घोषणा–पत्रमा लेख्नु भएको छ ।‘...दक्षिण–पूर्वी एसियाको क्रान्तिको लहर हाम्रो प्यारो मातृभूमि नेपालमा पनि पुगिसकेको छ । नेपालमा मजदुर वर्ग, वर्षौं वर्षको सामन्ती बन्धनलाई तोडी, १९४७ मार्च महिनामा पहिलोपटक रण क्षेत्रमा उत्रे । विराटनगरका जुट तथा कटन कारखानाका मजदुरहरूले बाँच्न लायक तलब (ज्याला) र कामको राम्रो बन्दोबस्तको निम्ति काम बन्दी हडतालको अगुवाइ मजदुर संघले गरेको थियो । मजदुर संघ क. मनमोहन अधिकारीको अगुवाइमा गुप्त तवरले खडा गरिएको थियो ।

८ दिनसम्म आमनागरिकले देख्ने गरी, सुन्ने गरी र बुझ्ने गरी देशभर छरिएर रहेका दिग्गज नेताहरुले पार्टीको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा दिएका गहकिला र अति मननीय सुझावलाई तिलाञ्जलि दिएर माओवादीको सत्तालाई लागि काँध थाप्दा ‘निराश भएका काँग्रेस जनमा पुनः उत्साह छायो ।’ भन्ने निचोड आउने थियो । पक्कै पनि अहिलेको काँग्रेसको नेतृत्व सत्ता प्राप्तीका लागि जनमत गुमाउन तयार छ ।

यद्यपि भारतीय समाजवादी नेताहरू तथा धपाइएका राणाहरूको सहायता र सहानुभूतिमा खडा भएको नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूले काम बन्दी हडतालको विश्वासघात गरी यसलाई भताभुंग परेता पनि यसको लहर राजधानीसम्म पुग्यो ।’ यसबाट के प्रष्ट भएको छ भने धपाइएका राणासँगको संगत गरेर भएपनि मजदुरका पक्षमा भएको आन्दोलन मत्थर गर्न पछि नहट्ने काँग्रेस, सत्ताका लागि माओवादी होस या क्षेत्रीय जातिय तथा पृथकतावादी सोच भएका सबैसँग हातेमालो गर्दै सत्ताको स्वाद र सत्ता लिप्सा  हुन कहिले पनि पछि हट्दैन ।

माओवादीलाई शिरमा राखेर काँग्रेस बचाउने रणनीति !

नेपाली काँग्रेसका लागि सत्ता प्राप्तिका लागि जस्ता सुकै र जो सुकै विचारधारा वा दर्शनसँग पनि सत्ता एकता गर्ने कौशलता रहेको छ । केवल सत्ता प्राप्त होस् बाँकी कुन दर्शन, कुन मान्यता वा परिस्थितिको आँकलन उसका लागि गौण विषय भइसकेको छ । काँग्रेसको ज्यादतीका विरुद्ध भनेर तत्कालिन नेकपा संयुक्त जनमोर्चा नेपालले वर्तमान पार्टी सभापति प्रधामन्त्री हुँदा २०५२ सालमा ४० बुँदे माग माघ २२ गते राख्यो र फागुन १ गते समान्तीको नाइके राजसंस्था र त्यसको मतियार नेपाली काँग्रेसलाई किटानी गर्दे देशमा १० वर्ष युद्ध मच्चाइयो ।

माओवादी सुप्रिमोले विस्तार वादी भारतसँग सुरुङ्ग युद्ध फलाके पनि अथवा साम्राज्यवादी अमेरिकाको विरोध भनिए पनि । त्यस युद्धले केवल नेपाल र नेपालीको क्षती मात्रै बनायो । त्यो युद्धले सबैभन्दा सांगठनिक रुपमा कमजोर नेपाली काँग्रेसलाई बनायो । त्यसभन्दा पनि बढी सामन्तका  मतियार, सुराकी र युद्ध विरोधी भनि छाक खाँदै गरेका, बास बसेका, पेशा गरिरहेका र बाटो हिडिरहेका सच्चा काँग्रेस, स्वच्छ काँग्रेस निर्माण गर्ने अभियानका अभियान्ता काँग्रेस जनले ज्यान गुमाउनु पर्‍यो । यो ज्यान गुमाउनु कुनै व्यक्तिगत वा पेशागत दुश्मनी थिएन् । त्यो एउटै कारण थियो, त्यो काँग्रेस थियो । त्यो दौरा सुरुवाल लगाउँथ्यो । त्यो समाजमा दुईचार वात गर्न सक्ने हुन्थ्यो अनि उग्र वापन्थका नाममा भएका घटनाको विवेचना गर्न सक्ने हुन्थ्यो । अनि उ(काँग्रेस) सुराकी, सामन्ती र युद्ध विरोधीका नाममा मारिन्थ्यो ।

किन दुख्थ्यो, सिंहदरबारका शेरबहादुरलाई सुरुमा दुर दराज भनिएका रोल्पा, रुकुम, सल्यान, गोर्खा जस्ता जिल्ला र पछि नेपाल भरमा खुकुरीको धार भुत्ते हुने गरी रेटिएका काँग्रेस जनको घाउले, उहाँ त नश्ल धारी काँग्रेस हुनुहुन्छ । उही मजदुर आन्दोलनलाई भताभुङ्ग पार्न धपाइएका राणासँग मिल्ने काँग्रेसको मुल नश्ल हुनु भएको छ शेरबहादुर देउवा । त्यसैले त उहाँका लागि अहिले काँग्रेस जन परको त्यही माओवादी चुलोको भएको छ ।

प्रसंग के हो भने काँग्रेसमा साँच्चिकै राणा विरोधी पनि थिए । काँग्रेसमा गणेशमान जस्ता सतिसाल जस्ता पनि हुन हुन्थ्यो । गिरिजा जस्ता जो आफ्नो इतिहास, योगदान र काँग्रेसको भविष्य भुलेर माओवादीको उधारो राष्ट्रपतिको ललिपपमा सारा काँग्रेसलाई राजनीतिको भुंग्रोमा हाल्ने पनि थिए । अहिले फेरी माओवादीको ‘नवाबी बर्फि’ जस्तो गठबन्धन त्यसमा पनि आलोपालो प्रधानमन्त्रीमा सभापति देउवाले बरु काँग्रेस काँक्रो जस्तै चिरा परे परोस् आफु माओवादीको उधारो बर्फि खाना तयार हुनु भएको छ ।

यस पटकको केन्द्रीय समितिको बैठकको निचोड २०८० साउन १० गते जारी गरिएको विज्ञप्तिको पहिलो बुँदाको अंगमा लेखिएको छ...विगतका सबै आन्दोलनका उपलब्धीहरुको रक्षा गर्ने संविधानको कार्यान्वयन गर्दै जनतामा विधिको शासन प्रत्याभूत गर्ने अठोट लिएर पाँच दलीय गठबन्धन बन्यो ।..संघीय सरकार निर्माणका दौरानमा पहिलो चरणमा ठूलै कठिनाई सृजना भयो । परिणाम हाम्रा अगाडि आएका केही महत्वपूर्ण राष्ट्रिय र प्रादेशिक जिम्मेवारी प्राप्त गर्ने अवसरहरु अनायास टरेर गए ।

यस गठबन्धनमा अन्य दलहरुमा अन्यौलता सृजना गयो भने नेपाली काँग्रेस सिङ्गो सांगठनिक संरचना भित्र र बाहिर निराशा छायो ।...किञ्चित वि डिल्ली बि.सी.चलित नभई होसियारी साथ हाम्रा अनुभवी नेताहरुको आफ्नो राजनैतिक कौशलता प्रदर्शन गर्नु भयो र नेपाली राजनीतिलाई लयमा फर्काउनु भयो । यस परिघटनाले नेपाली राजनीतिमा नेपाली काँग्रेसको प्रतिष्ठा बढ्यो भने गठबन्धनमा आवद्ध दलहरुले थप भरोसा गरे । निराश भएका काँग्रेस जनमा पुनः उत्साह छायो ।’

यस्तो तर्क र तथ्य सार्वजनिक गर्दै समापन भएको नेपाली काँग्रेस राजनीतिक धरातल, सांगठनिक संरचना र सैद्धान्तिक गन्तव्य हीनता छ भन्ने प्रष्ट हुन्छ । अहिले काँग्रेस सिद्धान्त विहिन, कार्यक्रम विहिन र भावी गन्तव्य विहिन छ । उसको वर्तमान, भविष्य केवल एउटै छ यसपछिको प्रधानमन्त्री भाग पाउने आशा र भरोसा ।

एजेन्ड विहिन काँग्रेस

जस्तोसुकै कुतर्क वा तर्क भनौं जे भनेपनि अहिले इतिहासकै सबैभन्दा कमजोर राजनीति धरातलमा उभिएको छ काँग्रेस । काँग्रेस एकल रट्नमा छ त्यो सभापति देउवालाई प्रधामन्त्री बनाउने ! जे, जस्तो र जुन तमसुकमा जुन ठाउँमा औला छाप लगाएर भएपनि  देउवालाई प्रधानमन्त्री चाहिएको छ । यो फलाम तातिएको बेला छ, यसै बेला अरुले ठोक्न सके बन्चरो बनाउने भनेको फलाम अरु केही बनाउन सकिए जस्तै काँग्रेसबाट मनग्य फाइदा लिन पाउने अवस्था छ । त्यसको ठूलो अंश माओवादीले लिएको छ । ३२ सिटे माओवादी प्रधानमन्त्री । 

काँग्रेस सभापति देउवा आफु फेरी प्रधानमन्त्री बन्ने बाहेक अब काँग्रेसमा अरु केही लक्ष्य, उद्देश्य र कार्यक्रम छैनन् । यो राजनीतिक रुपमा सबैभन्दा गैर काँग्रेस जनका लागि फलदायी समय हो । उहाँ सत्ता मोहका लागि राजनीति गर्नु हुन्छ । गणेशमानको जस्तो त्यागका लागि राजनीति पनि हैन । किशुनजीको जस्तो नैतिकताको राजनीति पनि देखिएन । सत्ता, केवल सत्ता, र जीवन सत्ताका लागि राजनीतिमा हुनुहुन्छ । अन्यथा ८ दिनसम्म आमनागरिकले देख्ने गरी, सुन्ने गरी र बुझ्ने गरी देशभर छरिएर रहेका दिग्गज नेताहरुले पार्टीको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा दिएका गहकिला र अति मननीय सुझावलाई तिलाञ्जलि दिएर माओवादीको सत्तालाई लागि काँध थाप्दा ‘निराश भएका काँग्रेस जनमा पुनः उत्साह छायो ।’ भन्ने निचोड आउने थियो । पक्कै पनि अहिलेको काँग्रेसको नेतृत्व सत्ता प्राप्तीका लागि जनमत गुमाउन  तयार छ । यो अवसरलाई गैर काँग्रेसले समयमै बुझ्न सके भने इतिहासमा अरुको शक्ति आर्जनका लागि काँग्रेस सहायक भएको पहिलो घटना हुने छ ।