नेपाल धितोपत्र बोर्ड : नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

नेपाल धितोपत्र बोर्ड : नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १४, २०८०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले २०८० साउन १४ गते आइतबार  आफ्नो  नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

वेबसाइटमार्फत बोर्डले नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा विभाजन गरिएको  छ । यस वर्षको विकासात्मक कार्यक्रममा नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार र सूचना प्रणालीको विकास र प्रयोग,  अध्ययन तथा अनुसन्धानलाई जोड दिँदै बोर्डको बजार नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि एवं सुदृढीकरण, बजारको पारदर्शिता र सुशासन कायम गर्ने कुरामा जोड दिएको छ ।

 बोर्डले नियमित गर्ने कार्यक्रमहरुलाई समेत थप प्रभावकारी र व्यवस्थित बनाउन विशेष ध्यान दिएको छ । बोर्डले प्रस्तुत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार गर्नेतर्फ सशक्त भूमिका खेल्न प्रतिबद्ध रहेको छ ।

नेपाल धितोपत्र बोर्डले  सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बोर्डको नीति तथा कार्यक्रमकाे पूर्ण पाठ