नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउँदै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १५, २०८०

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन  गर्ने लागेकाे   बैंकले जनाएको  छ।

 बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो।

उक्त बैंकले  सर्वसाधारणहरूका लागि १६ लाख १६ हजार कित्ता ऋणपत्र बिक्री गर्ने छ। बैंकले बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र  विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ।

बैंकले नेपाल धितोपत्र बोर्डमा असार १९ गते  निवेदन दिइसकेको छ । ऋणपत्रको परिपक्व अवधि १० वर्षको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।