कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण सम्झौता

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०८०

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहक मैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता बैंकले जनाएको छ। 

बैंकका अनुसर  इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले सान तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ। यस अघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका MSME लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा SA, SICAV-SIFसँग ECB सफलतापूर्वक पूरा गरिसकेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकल जनाएको छ ।