माछापुच्छ्रे बैंक लिमिटेड नाफ १ अर्ब ८५ करोड

माछापुच्छ्रे बैंक लिमिटेड नाफ १ अर्ब ८५ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १८, २०८०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले  गत आर्थिक बर्ष ०७९/८० मा मा  १ अर्ब ८५ करोड रुपैयाँ नाफा  कमाएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आर्थिक बर्ष २०८९।८० को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आफ्नो नाफा १०.११ प्रतिशतले वृद्धि गरेर १ अर्ब ८५ करोड पुर्याएको हो । बैंकले आव २०७८/७९ मा १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवमा भने त्यस्तो नाफा १७ करोडले वृद्धि भएको देखिन्छ ।

बैंकले गत आवमा १ अर्ब ५६ करोड वितरण योग्य नाफा आर्जन गरेको  थियो । १० अर्ब २५ करोड चुक्ता पुँजी रहेका बैंकले आफ्ना लगानीकर्तालाई गत आवको वितरण योग्य नाफाबाट १५/२१ प्रतिशत भन्दा बढी लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सो कोषमा अघिल्लो असार मसान्तमा ३ अर्ब ६० करोड रुपैयाँ थियो ।

माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा १ अर्ब ५४ अर्ब निक्षेप संकलन गरेर १ अर्ब२६ करोड रुपैयाँ ऋण प्रवाह गरेको बैंकले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।  त्यस्तो निक्षेपबाट बैंकले ५ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी पनि बढेर १८.०५ रुपैयाँ पुगेको छ जुन अघिल्लो असार मसान्तमा जम्मा १६४४ रुपैयाँ पुगेको थियो ।